राष्ट्रपति डा. रामवरण यादब र उपराष्ट्रपति परमानन्द झाले पशुपतिनाथको दर्शन गर्नुभएको छ । महाशिवरात्रि पर्वको अवसरमा राष्ट्रपति यादव र उपराष्ट्रपति झाले मन्दिर परिसरमा पुगेर पशुपतिनाथको पूजा आराधनासहित दर्शन गर्नुभएको हो । राष्ट्रपति र उपराष्ट्रपति मन्दिर पुगेको समयमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो ।महाशिवरात्रि पर्वको अवसरमा करिव पाँच लाख भक्तजनले अहिलेसम्म आराध्यदेव पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले भक्तजनको सुविधाका लागि चारवटा लाईनको व्यवस्था गरी उनीहरुको सुरक्षाका लागि छहजार सुरक्षाकर्मी र चारहजार स्वयंसेवक परिचालन गरेको थियो ।
कोषका कोषाध्यक्ष नरोक्तम वैद्यले सोमबार शिवजीको विशेष मनपर्ने बार भएकाले आज दर्शनार्थीको चाप परेको र तीर्थयात्रीहरु नेपाल र भारतका विभिन्न स्थानबाट आएको जानकारी दिनुभयो ।
No comments:
Post a Comment