Tuesday, February 21, 2012

संचारमन्त्री जेलमा

भ्रष्टचारको मुद्दा खेपीरहेका सूचना तथा सञ्चारमन्त्री जय प्रकाश गुप्तालाई सर्वोच्च अदालतले डेढ वर्ष कैदसहित ८४ लाख विगो जरिवानाको फैसला गरेको छ ।
फैसला लगत्तै मन्त्री गुप्ताले प्रहरी समक्ष आत्मसमर्पण गरिसकेका छन् । यसरी आत्मसमर्पण गरेवापत् उनको सजाय २५ प्रतिशत कम हुने व्यवस्था छ।

न्यायाधिसद्वय सुशिला काकी र तर्कराज भट्टको इजलासले लामो सुनुवाईपछि आज यस्तो फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा उनीविरुद्व मुद्दा दायर गरेको थियो। २०६३ सालमा विशेष अदालतले गुप्तालाई जिताएको थियो। अख्तियार त्यसविरुद्व सर्वोच्च गएपछि पाँच वर्षदेखि मुद्दा चलिरहेको थियो।

उनले २०४८ देखि २०५९ सम्म सञ्चार, कृषि मन्त्री, सांसद्, प्रधानमन्त्रीको प्रेस सल्लाहकार लगायत विभिन्न पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा झण्डै एक दशकदेखि मुद्दा खेपिरहेका थिए। 

No comments:

Post a Comment