कठमाडौं, फागुन १६
काठमान्डौ दुई महिनामानै फराकिलो
राजधानीका मुख्य तीन स्थानमा भइरहेको सडक विस्तारलाई तीब्रता दिँदै वैशाखभित्र पक्की बनाउन प्रधान मन्त्री बाबुराम भट्टराईले मातहतका निकायलाई निर्देशन दिएका छन्। भत्काइएका ठाउँमा धुलो उडेर सर्वसाधारणले सास्ती पाउन थालेको अवस्थामा मंगलबार प्रधान मन्त्रीले पक्की सडकका लागि निर्देशन दिएका हुन्।
प्रधान मन्त्री भट्टराईले हाल सडक विस्तार भइरहेका तिनकुने- माइतीघर, कृष्ण पाउरोटी- रातोपुल र डिल्लीबजारदेखि बालुवाटारसम्मको सडक निर्माणका लागि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।बजेट र समन्वयको अभावमा सडक बनाउने कार्य नरोकियोस भनेर प्रधानमन्त्री आफैले अग्रसरता लिई मातहतका निकायलाई समय तालिका तोकेरै काम सक्न निर्देशन दिएको प्रधान मन्त्री कार्यालयको विज्ञप्तिमा उल्लेख छ।फागुन मसान्तभित्र विस्तारित सडकमा रहेका बिजुली र टेलिफोनका पोल स्थानान्तरण गरिसक्न, चैत मसान्तभित्र त्यसक्षेत्र तारलाई भूमिगतरुपमा ब्यबस्थित र वैशाखभित्र यी तीनवटै सडकखण्डको
बाटो बनाउने काम सक्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।
तारलाई जमिनमुनी बिछ्याउने कार्ययोजना तयार गर्न उर्जा सचिव, संचार सचिव, नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमका महाप्रवन्धक सम्मिलित एक कार्यदलसमेत बनाइएको छ।
कृष्ण पाउरोटी-ज्ञानेश्वर सडकमा अझै ५ वटा घर भत्काउन बाँकी रहेकोमा फागुन मसान्तभित्र घर भत्काउने र पोल हटाउने काम सक्न प्रधानमन्त्रीले भौतिक योजना मन्त्रालयलाई निर्देशन दिएका छन्।
सडक विस्तार अभियानमा बिनियोजन गरिएको ४० करोड अपुग हुने देखिएकाले रकम ब्यबस्था गर्न भौतिक योजना मन्त्रालयलाई उनले निर्देशन दिएका छन्। बजेटका कारण सडक निर्माण कुनै पनि हालतमा नरोकिने प्रष्ट पार्दै प्रधानमन्त्रीले तोकिएको समयभित्र कार्यसम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। हाल विस्तार कार्य स्थगित रहेको लाजिम्पाट-न्यूरो अस्पताल सडकखण्डका विस्तारको नयाँ सिमाङ्कन सम्पन्न भएको मातहत निकायले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।काठमाडौंका अन्य स्थानबाट पनि सडक विस्ताका लागि जनताबाट निबेदन आइरहेकाले त्यस्ता सडकको प्राथमिकता निर्धारण गर्न एक समिति पनि गठन गरिएको छ। समितिमा प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, उर्जा, सूचना तथा संचार र गृह मन्त्रालयका सचिव तथा काठमाण्डौ महानगरपालिकाका कार्यकारी अधिकृत रहेका छन् ।
लौ है अब कठमाडौंबासीले पनि अन्तराष्ट्रियस्तरको सडकबाट आनन्द्ले हिंड्न पाउने भए।
No comments:
Post a Comment