Friday, February 24, 2012

कती घोच्यो होला बिचरालाई


१३ फागुन । आठ महिनाअघि डडेल्धुराको टिम अस्पतालमा पेटको शल्यक्रिया गरेका अमरगढीका ४२ वर्षीय देवबहादुर सार्कीको पेटमा शल्यक्रियामा प्रयोग भएको कैंची भेटिएको छ । गत असार ८ गते अस्पतालका डा. शिव सिरमलले देवबहादुरको आन्द्राको अपरेशन गरेका थिए ।
अपरेशनको २० दिनपछि डिस्चार्ज भएका देवबहादुरको एक महिनापछि पुनः पेट दुख्न सुरु भएको पत्नी धौलीदेवीले बताइन् । त्यसबेला अस्पतालका डाक्टरले औषधि खाए ठीक हुने बताएकाले दुखाई कम गर्ने औषधि लिएर गएको धौलीदेवीले बताइन् । ‘औषधिले केही महिना दुखाई कम गरे पनि ठीक नभएपछि माघ २४ गते फेरि अस्पताल लग्यौँ’, उनले भनिन् , ‘तर, अपरेशन गर्ने डाक्टर नभएपछि अस्पतालले भारत लैजाउ भन्यो ।’
आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि भारत गइहाल्ने अवस्था नरहेको छोरा धर्मले बताए । तैपनि पीडा सहनै नसक्ने भएपछि छिमेकीसँग ऋण मागेर बुवालाई सीतारगञ्जको टुड्ला अस्पताल लग्यौँ, उनले भने । टुड्ला अस्पतालले भिडियो अपरेशन गर्दा पेटमा कैँची रहेको बताएपछि फेरि अपरेशन गरी कैँची निकालिएको बताए ।
‘आठ महिनासम्म पेटमा कैंची रहँदा आन्दामा थप इन्फेक्सन भए
छ’ उनले भने, ‘पछि अपरेशन गरेर साढे दुई फिट आन्द्रा काट्नुपर्ने । आजको अन्नपूर्ण पोष्टमा छापिएको समाचारमा लेखिएको छ, करिब दुई साताको उपचारपछि फागुन ९ गते घर फर्काइएका देव बहादुरका आफन्तले टिम अस्पताल पुगी चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान खतरामा परेको र आर्थिक भार पनि बढेका कारण क्षतिपूर्ति दिनुपर्ने माग गर्दा सुनुवाई नभएपछि जिल्ला प्रशासनमा उजुरी दिएका छन
by online khabar  

No comments:

Post a Comment