कहिलेकाही मानिसले पाएको अपमान र बेइज्जतिले आश्चर्यजनक रुपमा भाग्योदय गरिदिदो रहेछ । सय रुपयाको चेक साट्न बैंक जादा अचानक करोडपति भएर घर फर्कनु कम्ति आश्चर्यको कुरा हैन । यस्तो हुन या त उसलाइ चिट्ठा पर्नु पर्छ या त डकैती नै गर्नु पर्छ । तर अमेरिकाको फ्लोरिडामा चिट्ठा नपरीकनै कुटाइ खाएको भरमा रोडोल्फो वालाडेरेसले 3 मिलियन डलर प्राप्त गरेका छन । फ्लोरिडा अदालतले सो रकम भुक्तानी गर्न बैंक अफ अमेरिकालाइ उक्त आदेश दिएको हो । रोडोल्फोका अनुसार उनी १०० डलरको चेक साट्न बैंक जाँदा त्यहाँका कर्मचारीले उनलाई लुटेरा ठानेर अचानक कुटपिट गरेका थिए । अकारण शंकाको भरमा उनलाई प्रहरी बोलाएर हथकडी समेत लगाईएको थियो ।
पछी बुझ्दा उनी लुटेरा नभएको पुष्टि भयो उनलाई गल्तीवश लुटेरा ठानिएको थियो । रोदोल्फोले सार्वजनिक स्थानमा भएको आफ्नो अपमान र बेइज्जतीको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए । कोर्टले ३ मिलियन डलर क्षतिपुर्तिको फैसला गरिदिएको छ ।

No comments:
Post a Comment