Tuesday, February 28, 2012

प्रहरीको घेराभित्र बम बिस्फोट, हेरेको हेरै प्रहरी

थपियो प्रहरीमा चुनौती 
३ जनाको ज्यान जाने गरी सोमबार गराइएको बम बिष्फोट घटनाको चौतर्फी भर्त्सना भएको छ। एनेकपा माओवादी, नेपाली कङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले घटनाको घोर निन्दा, भर्त्सना गरेका छन्।  
अन्य सङ्घ/संस्थाले पनि घटनाको भर्त्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन्। नेपाली कङ्ग्रेसले विज्ञप्ति प्रकाशित गर्दै दुःखद् घटनामा परी मृत्यु हुनेहरुको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाका दोषीलाई तत्काल पक्राउ गरी सजाय हुनुपर्ने भन्दै कङ्ग्रेसले मृतकका परिवारजनलाई क्षतिपूर्ति, घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ।

एनेकपा माओवादीले विस्फोटको घटनालाई शान्ति प्रक्रिया र संविधान निर्माण बिथोल्ने प्रयास भएको उल्लेख गरेको छ। प्रवक्ता दीननाथ शर्माद्वारा प्रेषित विज्ञप्तिमा घटना आतङ्ककारी भएको टिप्पणी गर्दै यस्ता क्रियाकलाप सङ्घीयताविरोधी भएको उल्लेख छ। कङ्ग्रेस, माओवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले घाइते सबैको उपचारको बन्दोबस्त सरकाले गर्नुपर्ने उल्लेख गर्दै घटनामा संलग्न अपराधी पत्ता लगाई कडा सजाय गर्नुपर्ने माग गरेका छन्।

यसैगरी मानव अधिकार तथा शान्ति समाज र नेपाल मानव अधिकार सङ्गठनले पनि तीन जना सर्वसाधारणको मृत्यु र सात जना गम्भीर घाइते हुनेगरी गराइएको बम बिष्फोटन घटनाको निन्दा तथा भर्त्सना गर्दै घटनाका दोषीलाई अविलम्ब कानुनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

काठमाडौं जिल्ला अदालत र सडक विभाग सोही क्षेत्रमा छन्। सरकारी कार्यालयमा आएका सर्वसाधारणको बाक्लो आउजाउ थियो। अदालतको ढोकामा सुरक्षाका लागी प्रहरी उपस्थित थिए।  

देश अहिले सङ्क्रमणकालिन अवस्तामा गुज्रिरहेको छ, भनेर कसरी पनि थाहा पाउन सकिन्छ भने यो कान्ड प्रहरीको घेरा भित्र भएको छ। 
तेसैले यो घटना प्रहरीको लागि चुनौतीपूर्ण बिषय बनेको छ। 

No comments:

Post a Comment