Wednesday, February 29, 2012

सस्ता नेता :३५सय रुपैंयाका दरले घुस


१७ फागुन, काठमाडौं 
अब यीनीहरुलाई कालो मोशो दलेर, जुत्ताको माला स-सम्मान पहिराएर सडकमा रथ यात्रा गराउन बाहेक अरु उपाय छैन। 
photo by  onlinekhabar
वन राज्यमन्त्री लम्मण महतोका स्वकीय सचिव नगेन्द्र यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । राजधानीको बिजुलीबजार स्थित पिकप्वाईन्ट रेष्टुरेन्टमा घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी लालमणि आचार्य नेतृत्व टोलीले उनलाई बुधबार दिउसो पक्राउ गरेको हो ।
photo by  onlinekhabar 
रारा राष्ट्रिय निकुञ्जको अधिग्रहणमा परेको जग्गाको मुआब्जा मन्त्रीस्तरीय निर्णय गराएर चाँडै दिलाउने भन्दै उनले स्थानीय बासिन्दाबाट घुस लिएको बुझिएको छ । 


उनले ७७ जना स्थानीयबासिन्दाबाट ३५सय रुपैंयाका दरले घुस मागेका थिए ।
पेश्की बापत ५० हजार रुपैंया लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । अख्यियारको टोलीले बुधबार दिउसो घुस लिएको स्थलमै समातेर उनलाई पत्रकारसामु सार्वजनिक गरेको हो ।
अख्तियार प्रतिनिधिले पक्राउ परेकै स्थानमा उनीसँग बयान लिनुका साथै मुचुल्कासमेत उठाएका थिए । सुरुमा उनले घुस लिएको स्वीकार्दै आफुलाई बचाउन अनुनयबिनय गरेको भएपनि पछि उनका साथीहरुसमेत त्यहाँ आइपुग्दा आफुलाई फसाउन खोजिएको र मधेसबिरुद्ध षडयन्त्र भएको भन्न थालेका थिए ।

photo by  onlinekhabar
लौन यी नेताहरुलाई जती गरे पनि, जती भने पनि नलाग्ने भो। अब त ओखती बनाएर बालखालाई झै मुख च्यातेर खोवौनु पर्ने भयो। 


No comments:

Post a Comment