एकीकृत नेकपा माओवादीकै युवा भातृ संगठन वाईसीएलले आफ्ना माग ४८ घण्टाभित्र पूरा नभए पार्टीकै विरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
वाईसिएलले पार्टी अध्यक्ष प्रचण्डलाई र लडाकुका डिभिजन कार्यालयहरुलाई बुझाएको ८ बूँदे माग पत्रको सुनुवाई नभएको भन्दै ४८ घण्टे अल्टिमेटम दिएका हुन् ।
उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गरी ४८ घण्टाभित्र पनि माग पूरा नगरे पार्टी विरुद्ध नै संघर्ष सुरु गर्ने बताएका छन् ।
पूर्व माओवादी लडाकु तथा वाईसिएलले आफूहरुलाई प्रयोग गरेको तर आफूहरुको भविष्य नै धराप बनाइ दिएको आरोप लगाएका छन् ।
शिविरमा रहेका लडाकु सरह सुविधा उपलब्ध गराउनु पर्ने, वाईसीएलका लागि भन्दै लडाकुबाट कटाइएको १ हजार रुपैयाँको संचित रकम उपलब्ध गराउनु पर्ने लगायतका माग उनीहरुको छ ।

No comments:
Post a Comment