काठमाडौं, फागुन १७
| के गर्ने 'तारे होटेलले तारा देखाइदीए ...........' |
'तारे होटेलले दुई महिनाभन्दा बढी धान्ने ग्यास राखेका छन्।'
आयल निगमले २८ दिनमा साढे १६ हजार टन ग्यास ल्याइसकेको छ। तर बजारमा भने अझै अभाव छ। निगमले तीन महिनाअघिसम्म निगमले महिनामा १५ हजार टन ग्यास ल्याउँथ्यो।
हामी आफैं अच्चममा परेका छौं। यतिधेरै ग्यास ल्याइसकेका छौं तर अभाव हटेको छैन,' निगमका कामु कार्यकारी निर्देशक सुरेश अग्रवालले मंगलबार नागरिकसँग भने। अग्रवालका अनुसार यो महिना १८ हजार टन ग्यास आउने निश्चित छ।
यसवर्ष फेब्रुअरीमा सबैभन्दा बढी ग्यास आएको हो। निगमका अनुसार गत वर्षको नोभेम्बरमा १६ हजार ४ सय टन ग्यास नेपाल आएको थियो। त्यही ग्यास सबैभन्दा बढी थियो।
'अहिलेसम्म यति धेरै परिमाणको ग्यास आएकै थिएन त्यसैले हामीले डिलर र उद्योगीले ग्यास लुकाएको आंशकामा समेत अनुगमन गरिसकेका छौं,' अग्रवालले भने, 'अनुगमनमा समेत त्यति धेरै लुकाएको देखिएको छैन।' जनवरीमा मागभन्दा केही कम ग्यास आएपछि अभाव चर्किएको थियो। निगमका अनुसार जनवरीमा ११ हजार ५ सय २६ टन ग्यास आएको थियो।
'४ हजार टन ग्यास कम आउँदा यस्तो हाहाकार हुँदैन्थ्यो। पहिला पनि कुनै महिनामा कम ग्यास आएको थियो,' अग्रवालले भने, 'उपभोक्ताले त्रासले बढी ग्यास राखेकाले पनि यस्तो भएको हुन सक्छ।' उनका अनुसार पछिल्लो समय उपत्यकामा प्रिन्टिङ प्रेसले समेत ग्यास उपयोग गरेका छन्।'उपत्यकामा पाँच सयभन्दा बढी प्रिन्टिङ प्रेस छन्,' अग्रवालले भने, 'यी सबैले अहिले ग्यास प्रयोग गरिरहेको जानकारी आएको छ।' विगत लामो समयदेखि निगमले मागअनुसार ग्यास ल्याउन नसकेको हुँदा अभाव नहटेको ग्यास बिक्रेता महासंघका उपाध्यक्ष चन्द्र थापाले बताए। 'अभाव हट्न नसक्नुको मुख्य कारण नै यही हो,' उनले भने। थापाले
लोडसेडिङको समयमा उद्योगहरुले ग्यास प्रयोग गर्न थालेकोले समस्या अझ चर्किएको बताए।
लोडसेडिङको समयमा उद्योगहरुले ग्यास प्रयोग गर्न थालेकोले समस्या अझ चर्किएको बताए।
'शिशाको काम गर्ने उद्योगहरुले ग्यासको धेरै प्रयोग गरिरहेका छन्,' उनले भने, 'त्यसले ग्यासको वितरण प्रणालीलाई बिगारिरहेको छ।' थापाले ग्यास अभावको मौका छोपेर उद्योगबाटै ग्यास बिक्री गरेकाले समस्या थपिएको बताए। 'केही समस्या हुनेबित्तिकै उद्योगीले उद्योगबाट उपभोक्तालाई लाइन लगाएर ग्यास बिक्री गरे,' उनले भने, 'डिलरसम्म ग्यास नपुगेपछि वितरण प्रणालीनै ध्वस्त भयो।'
ग्यास अभाव नहट्नुमा उपभोक्ता र तारे होटेलले बढी ग्यास जम्मा पार्नुभएको थापा बताउँछन्। 'हुने खाने वर्गले अहिले १० वटा सिलिन्डरसम्म जम्मा पारेर राखेका छन्,' उनले भने, 'तारे होटेलले दुई महिनाभन्दा बढी धान्ने ग्यास राखेका छन्।' तारे होटेलका एक सञ्चालकले ग्यास अभाव भएमा पाहुनालाई फर्काउनुपर्ने भएकाले दुई महिनालाई धान्ने ग्यास जम्मा पारेर राखेको बताए। 'ग्यास अभावमा पाहुनालाई खाना खुवाउन सकिएन भने होटेलको छवि नै बिग्रिन्छ,' उनले भने, 'त्यसैले हामीले दुई महिनालाई धान्ने ग्यास राखेका छौं।' उनका अनुसार सबैजसो तारे होटेलले यसरी नै ग्यास राखेका छन्।
हैन हे के गर्न खोजेका यी तारे होटलहरुले, तिनका पाहुनाले मात्र खाने अरु जनताहरुले खान पर्दैन??
No comments:
Post a Comment