दाङ, फागुन १६
लौन मेरो भाले मार्यो! ममता पुनको भाले साँढे दुई किलो को थियो।
आन्दोलन गर्नुपर्यो वा कुनै मागहरु पूरा गर्नुपर्यो भने सडक अवरुद्ध गर्ने प्रवृत्ति छ। तर प्यूठानको एउटा गाविसमा अचम्मै भयो, त्यहाँका स्थानीयवासीले एउटा भाले मारिएको विरोधमा क्षतिपूर्ति माग गर्दै दिनभरी सडक अवरुद्ध गरे।
सुन्दा अचम्म मान्नुपर्दैन। प्यूठानको खाल गाविस ८ का स्थानीयले दिनैभरीजसो सडक अवरुद्ध गरे। रोल्पाको होलेरी हुँदै प्यूठानको स्वर्गद्वारी जाने त्यो कच्ची सडकमा उनीहरुले केही काठ दाउरा तेर्स्याए। अनि त्यसमाथि मरेको भाले राखे। त्यसमाथि एउटा ढुङ्गा राखे र त्यसमा लेखिएको थियो गाडी नम्बर अर्थात् ‘९९०३'। आउनेजाने गाडी त्यहीं रोकिए।
![]() |
| photo by nagarik |
स्वर्गद्वारी जाने जीप, बस तथा सरसामान ओसारपसार गर्ने ट्याक्टरहरुसमेत रोकेका थिए।
स्थानीयले उक्त भाले मारिएपछि त्यसको क्षतिपूर्ति दुई हजार रुपैंयाँ तोकेका छन्। ‘मारेर भागेछ, थाहै भएन गाडी नम्बरमात्रै थाहा भो' ममताले भनिन् ‘आउँदा त यही बाटो भएर फर्किएला भनेर बाटो रोकेका हौँ।' तर उक्त गाडी भने स्वर्गद्वारीबाट प्युठानको भिङ्ग्री हुँदै फर्किसकेको स्वर्गद्वारीबाट फर्किनेहरुले भने।
नेपाल अब बन्दमा पनि अगाडि पर्दै छ।


No comments:
Post a Comment