दाङ, फागुन १५
बधाई छ परेला डट कमको तर्फबाट चन्द्रकी भाउजुलाई।
उनले खुसी हुँदै भनिन्, 'राम्रो भो, चाँडो घर 'लिएर आइज।' चन्द्रकी भाउजु छोरासँग फोनमा गफिदै थिइन।
'कान्छा बा संसारभरिकै होचो मान्छे हुनुभयो।
कान्छा छोरा दोलखबहादुर डाँगीले आइतबार बिहान फोन गरेर यो खबर सुनाउँदा मोतीकला डाँगी गाईवस्तुको गोबर सोहोर्दै थिइन्।उनले खुसी हुँदै भनिन्, 'राम्रो भो, चाँडो घर लिएर आइज।'
विश्वमा अहिलेसम्मकै सबभन्दा होचो मान्छेका रूपमा आइतबार गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखिएका ७२ वर्षीय चन्द्रबहादुर डाँगीकी भाउजु हुन्, मोतीकला। पश्चिम दाङको पुरन्धारा- ८ रिमखोली निवासी चन्द्रबहादुर काइँली भाउजु मोतीकलासँग बस्दै आएका छन्।
चन्द्रबहादुरका आमाबा सानैमा बितेका थिए। उनी ६ भाइमध्ये पाँचौं हुन्। दाजुहरूको निधन भइसक्यो। कान्छा भाइ छुट्टै घरबार गरेर बसेका छन्। ६० वर्षीया काइँली भाउजु मोतीकलाले उमेरमा जेठा भए पनि नाताले देवर चन्द्रबहादुरलाई छोराजस्तो स्याहार गरेर राखेकी छन्।
'मैले काइँलासँग बिहे गरेर आउँदा नै आमाबा बितिसक्नुभएको थियो,' मोतीकला भन्छिन्, 'अरू भाइपट्टिकाले राम्रो मानेनन्, अनि मैले राखेँ। होचो हुनुहुन्थ्यो, छोराजस्तै लाग्थ्यो।'
चन्द्रबहादुर पहिल्यैदेखि ससाना केटाकेटीसँग मात्रै खेल्ने गर्थे। उमेर छिप्पिँदै गए पनि उनमा त्यहीअनुसार चेत पलाएन। उनले पढ्न पनि पाएनन्। 'एक त त्यो जमानामा लेखपढ नै थिएन, त्यसमाथि यस्तो मान्छेले के पढ्छ र भनेर पठाएनन् होला,' मोतीकला भन्छिन्, 'आफ्नै दाइभाइले घरैमा बाह्रखरी सिकाए, नाउँसम्म लेख्न सक्नुहुन्छ।'
आर्थिक अवस्थाले निकै कमजोर छन् उनीहरू। छुट्टभिन्न हुँदा आफ्नो भागको धेरै सम्पत्ति, भाँडाकुडा र लत्ताकपडासमेत दाइहरूले बेचेर खाइदिएको मोतीकला बताउँछिन्। 'अलिकति खेत थियो, त्यो चाहिँ मैले लडेर बेच्न दिइनँ,' उनी भन्छिन्, 'त्यै ५-६ रोपनीजति होला।'
अविवाहित चन्द्रबहादुरको काइँली भाउजुबाहेक अरू कोही अभिभावक छैन। 'त्यत्ति होचो मान्छेलाई कसले दिन्छ केटी बिहे गर्नलाई?' मोतीकला भन्छिन्, 'अब मै मात्र हुँ, उहाँको आमाबा, दाइभाइ, दिदीबहिनी जे भने पनि।'
कद होचो भए पनि चन्द्रबहादुर घरमा साना केटाकेटी खेलाउन, घर बढार्न, खाना बनाउन लगायत काममा सघाउँछन्। उमेरमा त गोठालासमेत जाने गरेको मोतीकला बताउँछिन्। 'मादल राम्ररी बजाउनुहुन्छ,' उनी भन्छिन्, 'नाच्न, गाउन सिपालु हुनुहुन्छ।'
उनलाई सबभन्दा पहिला हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष प्रिती केसीले २०६५ सालमा तुलसीपुर महोत्सवमा प्रदर्शनीमा राखेका थिए। उनको चर्चा सुरु भएको त्यसपछि नै हो। 'उनी ओझेल परेका थिए, आर्थिक अवस्था पनि कमजोर थियो, सबैले हेर्लान् भनेर महोत्सवमा राख्न पहल गरेँ,' केसीले भने, 'प्रदर्शनीबाट दुईचार पैसा होला भनेर मैले नै उनलाई बाहिर ल्याएको हुँ।'
तुलसीपुर महोत्सवमा सरिक भएपछि उनलाई अन्य ठाउँबाट प
नि बोलावट आयो। उनी महोत्सवबाट कमाएको रकम सिधै भाउजुलाई दिने गर्थे। पछिल्लोपटक कैलालीमा महोत्सवमा जाँदा झापाका डाँगीहरूले पूर्वमा पनि लैजाने व्यवस्था मिलाए। उनका भतिजा दोलखबहादुर पनि सँगै गए। उनको चर्चा एकाएक चुलियो। गिनिजबुक आफ वर्ल्ड रेकर्डस्मा अंकित हुनु त्यसैको निरन्तरता हो।
'देवर बाबु कस्ता भए होलान्, चाँडै लिएर आइज भन्याछु' भाउजु मोतीकला भन्छिन्, 'महिना दिनभन्दा बढी भैगो नदेख्या, मलाई हेर्न मन छ।'
बधाई छ परेला डट कमको तर्फबाट चन्द्रकी भाउजुलाई।
No comments:
Post a Comment