काठमाण्डौ
‘मैले मेरा छोराछोरीहरुप्रति गर्नुपर्ने दायित्व निर्वाह गरिरहेको छु,
तेसैले पनि बुझ्न सकिन्छ कि मेरो घर बिग्रनुमा मेरो गल्ती छैन’ दुई श्रीमतीसित सँगै बस्न नसकेर एक्लै भएका नायक भुवन के.सी.ले आफ्नो घर बिग्रनुमा आफ्नो मात्र हात नरहेको छनक दिँदै भनेको कुरा हो । उनी भन्छन् -’मलाई दुःख छ कि मैले मेरो श्रीमतीसँगको साथलाई लामो समयसम्म टिकाउन सकिन, तर यसको पछाडि म मात्र गल्ती छु भन्ने होईन ।’ दुवै श्रीमतीसँग छुट्टीएर नायक भुवन के.सी. अहिले एक्लै बसिरहेका छन् ।
‘साथी म तिम्रो’का निर्माता समेत रहेका भुवनले राम्रो सिनेमा बनाउने निर्माताको रुपमा राम्रै चर्चा कमाईरहेका छन् । तर उनको चर्चा यसका साथसाथै दुई श्रीमतीसँगको बिछोडले पनि भैरहेको हुन्छ । भुवनका दुई श्रीमतीले उनलाई छोडेर छुट्टै बस्नुको कारण भुवन के.सी. नै रहेको धेरैको अड्कल छ । तर भुवन भन्छन् -’तीन करोड नेपालीको माया मैले पाइरहेको छु । तीन करोड नेपालीलाई समेटेर म अगाडि बढिरहेको छु । यति धेरै माया मलाई नेपालीहरुले दिनुभएको छ । तर मैले दुई श्रीमतीलाई भने सँगै लिएर जान सकिन । यसमा मेरो गल्ती छैन ।’
‘घर एकजना व्यक्तिले मात्र चल्दैन । ताली एक हातले मात्र बज्दैन । अब तपाईं आफैं बुझ्नुहोस् कि म के भन्न खोज्दैछु’ एक संचारमाध्यममा अन्तर्वार्ता दिने क्रममा भुवनले भनेका छन् । भुवनको यो भनाईले के देखाउँछ भने उनी श्रीमतीसँगको बिछोडले चिन्तित रहेका छन् । भुवन भन्छन् -’संसारमा मानिसले सबै कुरा पाउँदो रहेनछ,
म पनि यो कुरामा असफल भएको छु ।’यसरी भुवन के.सी.ले दुई श्रीमती विजया र सुस्मितासँगको विछोडमा आफ्नो मात्र गल्ती नभएको छनक दिएका छन् ।पानी माथिको ओभानो बन्न खोज्नु भएको त होइन भुवन जी।


No comments:
Post a Comment