Tuesday, February 28, 2012

हुने नहुने बोल्छिन रेखा



साथी म तिम्रो होइन दुस्मन म तिम्रो! 
नायिका रेखा थापाको भाग्य हिजोआज बिग्रिएको अनुमान धेरैले गरेका छन् । चलचित्र साथी म तिम्रोको अडियो बिमोचनमा बोलेको कुराले उनलाई धेरै नै आलोचित बनाईरहेको छ । उनलाई यो कुराले आलोचना मात्र बनाएको छैन, धेरैजसो संचारकर्मीको माया पाएकी उनले यो घटनाबाट यो माया पनि गुमाएकी छिन् । चलचित्र साथी म तिम्रोको अडियो बिमोचनमा रेखाले भुवन के.सी.लाई शताब्दीदेखि सिनेमा क्षेत्र धानेको नायक भनेर बताएपछि पत्रकाहरु हाँसेका थिए ।
यसपछि रेखाले पत्रकारलाई हाँस्ने भए गेट आउट भन्दै ठाडो भाषा बोलेकी थिईन् । यसपछि कार्यक्रम स्थलमा पत्रकार र रेखाबीच केहीबेर भनाभन समेत भएको थियो । रेखाको ग्रहदशा बिग्रिएको अनुमान धेरैले गरे यो घटना पछि । तर रेखा र पत्रकार बीचको यो घटना भने पहिलो होइन । रेखा थापाले पत्रकारसँग यस्तो खालको कलह धेरै समयअघि पनि गरेकी थिईन् ।रेखा थापाको ब्यानरमा तयार भएको चलचित्र हिम्मत प्रदर्शनको समयमा पनि यस्तै घटना भएको थियो । नायिका थापाले चलचित्र हिम्मतको प्रदर्शन समयमा नारायणगढका पत्रकारलाई दुव्र्यवहार गरेकी थिईन् ।
चितवनका पत्रकारले अन्तर्वार्ताका लागि अनुरोध गर्दा रेखाले आफुले एउटा मात्र टीभीमा अन्तर्वाता दिने भन्दै चितवनका स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने बताएपछि तनाव भएको थियो । यो घटनापछि चितवनका पत्रकारहरुले हिम्मत सिनेमालाई चितवनमा चल्न नदिने भन्दै सिनेमाको प्रदर्शनमा रोक लगाएका थिए । नायिका थापाले माफी मागेपछि मात्र हिम्मत सिनेमा चितवनमा लागेको थियो ।
यसरी नायीका रेखा थापाको पत्रकारसँगको सम्बन्ध हिम्मत सिनेमाबाट नै बिगि्रएको हो । तर बीचमा रेखाले पत्रकारहरुसँग राम्रो सम्वन्ध जोडेकी थिईन् । फेरि साथी म तिम्रोको अडियो बिमोचनमा रेखा र पत्रकारबीचको युद्ध पुनः चर्किएको छ । यसले रेखा फिल्मस्को छैटौं चलचित्र रावणलाई असर पुग्ने धेरैको विश्लेषण रहेको छ । हेरौं रेखाको बिग्रिएको भाग्य कहिले सुध्रने हो ?
हाम्रो पनि सुझाब छ रेखालाई बोल्ने बेलामा सोचेर बोल्दा नै राम्रो। 

No comments:

Post a Comment