Friday, March 2, 2012

आँख मारो होली है


शेरे 
शेरेले मनपरेकि युवती सामु गएर अनकनाउँदै भनेछ, मलाई तिमी राम्री लाग्छौै, त्यही भएर होली खेल्न आ'को
डर्टी पिक्चर हेरिसकेकी युवतीले फ्याट्ट भन्दिछ, तुझे होली खेल्नेका तो बहुत सोख है लेकिन तेरी पिक्चारीमे
दम नहि......
शिवजी
शिवजीलाई कैलाशमा गाँजाको अभाव भएछ र उनी पृथ्वीमा आएछन, मानिसहरू धुमधामसँग होली खेलिरहेका छन्। गाँजा भाङमा मस्त छन्। उनी त उद्धेलित नै भएछन्, खुसीले। एउटा गजँडी समूहको छेउमा आएर शिवले गाँजा मागेछन् र एक स्टीक मागेर खाएछन्,  लागेनछ, दोस्रो खाए लागेनछ, जति खादा पनि उनलाई नलागेपछि, गजडीले भनेछ ः हैन ब्रो, तिम्लाई जति खादा पनि किन नलागेको ? 

शिवजी : म शिवजी हँु, मलाई यहाँको गाजाले कहाँ लाग्छ त केटा हो ? 

गजडी : केटा हो, अब चै यसलाई मज्जाले गाँजा लागेछ..

टाउकोको रौ
एक व्यक्ति जसको टाउकोमा जम्मा ८-१० वटा केश मात्र थियो, उ सैलुन गएर नाइको अगाडि उभियो। 
नाई रिसायो अनि झोक्किदै भन्यो- यति केश काट्नु कि गन्नु ?
टकले लजाउँदै भन्यो ः भएका केशमा अलग अलग कलर गर्देउ न, थाहा छैन, होली  आइरहेको छ भन्ने ?

हाँस्छिन् हाँस्छु। 
होलीको दिन एउटा घरका श्रीमान्-श्रीमती ज्यादै नै हासिरहेको आवाज छरछिमेकमा सुनियो। बिहानै भाङ खाएछन् कि क्या हो भनेर छिमेकीहरू एकत्र भएर त्यो घरमा पुगेछन्।

छिमेकीहरूको जिज्ञासा शान्त पार्दै श्रीमान्ले भने, हाम्रोमा होलीको दिन यस्तै नै हुन्छ, श्रीमती बेल्ना, डाडु, कुचो, बटुको जे भेटछिन् मलाई प्रहार गर्छिन्। यदि त्यो प्रहार मलाई लाग्यो भनें उनी हाँस्छिन्, यदि लागेन भनें म हाँस्छु। 


No comments:

Post a Comment