Sunday, March 4, 2012

फेरी बम भेटियो


काठमाडौँ, फागुन २१
बम निस्क्रिय बनाउने प्रयासमा प्राविधिक टोली

 काठमाडौँको नयाँ बानेश्वरबाट पुरानो बानेश्वर जाने बाटोमा रहेको तरकारी बजारमा बम फेला परेको प्रहरीले बताएको छ। अहिले प्राविधिक टोलीले बम निस्क्रिय बनाउने प्रयास गरिरहेको छ।

यसैगरी गत साता बबरमहलमा भएको बम विस्फोटका बारेमा नेपाल प्रहरीले विस्तृत विवरण दिने भएको छ। घटनाको अनुसन्धानका
लागि सरकारले गठन गरेको अनुसन्धान समितिले  महानगरीय प्रहरी आयुक्त कार्यालयमा साँझ साढे ६ बजे पत्रकार सम्मेलन गरी घटनाको पूर्ण विवरण सार्वजनिक गर्ने भएको छ।

प्रहरीले शनिबार घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा प्रहरीले घटनाको सबै विवरण खुलाएको हो।

No comments:

Post a Comment