Monday, March 5, 2012

जबर्जस्ती गर्नेलाई सार्बजनिक मुद्दा


‘होलीमा उच्छृँखल गतिबिधिले बिकृति बढाएकाले हामीले अभियान थालेका हौं’ डीएसपी सिंह
होलीमा जथाभावी रंग र अबीर लगाउने तथा फोहोर पानी र लोला हान्नेमाथि सार्वजनिक मुद्दा लगाउने गृहमन्त्रालयले चेतावनी दिएको छ । अघिल्ला वर्षहरु जस्तै यसपाली पनि विज्ञप्ती निकालेर मन्त्रालयले होलीको बेला उच्छृँखल गतिबिधि नगर्न सबैसित अनुरोध गरेको हो । प्रहरीले पनि माइकिङ र अन्तक्रिर्या गरेर होलीमा जथाभावी नगर्न सचेत गराएको छ । ‘हामीले एक हप्ताअघि नै राजधानीका बिभिन्न ३१ ठाउँमा अन्तक्रिर्या गरेर होली
मा जथाभावी नगर्न आग्रह गरिसकेका छौं’ डीएसपी सिंहले भन्नुभयो ।
यस्तै भक्तपुर प्रहरीले पनि माईकिङ र पर्चा बाँडेर यस्तै अभियान गरिसकेको छ । जथाभावी लोला हान्नेलाई समातेर शुरुमा सम्झाउने र त्यसपछि पनि अटेर गरेमा सार्वजनिक मुद्दा लगाउने प्रहरीले जनाएको छ । जथाभावी लोला हान्ने काममा संलग्न १६ जनालाई प्रहरीले आइतबार राजधानीबाट पक्राउ गरेर छोडेको छ । ‘होलीमा उच्छृँखल गतिबिधिले बिकृति बढाएकाले हामीले अभियान थालेका हौं’ डीएसपी सिंहले भन्नुभयो -’त्यसैले होलीलाई सभ्य र आपसी सम्बन्धको रुपमा मनाउन हामी सबैसित आग्रह गर्छौं ।’

No comments:

Post a Comment