Saturday, March 10, 2012

एक किशोरको सामुहिक बलात्कार

अमलेखगन्ज, बारा फागुन २७ 
एसएलसी परिक्षाको तयारीमा जुटेका बारा अमलेखगन्जका एक किशोरलाई स्थानिय यूवाहरुको एक समुहले विहिबार राती सामुहिक बलात्कार गरेका छन्। 
डम्मरपुर घर भई अमलेखगन्जस्थित फुपुको घरमा बस्दै आएका १८ बर्षिय जिवन गोलेलाई (नाम परिवर्तन)घरमा कोही नभएको मौका पारेर विहिबार राती १० बजे चार जनाको समूहले हतियार देखाउदै बलात्कार गरेका हुन्। 


'म भान्सामा बसेर खाना बनाउदै , पढ्दै थिए ', अमलेखगन्ज चौकीमा उजुरी गर्न आएका किशोरले भने -'अचानक उनीहरु घर भित्र छिरेर छुरी देखाउदै दुर्व्यवहार गर्न थाले। ' फुपु गुम्बामा गएकाले आफु घरमा एक्लै रहेको उनले सुनाए। 'चिनेको एक दाईले पहिला घरमा को-को छ भनेर सोध्नु भयो ', उनले भने -मैल्ये कोही छैन , म एक्लै हो भनेपछि उनले साथीहरुलाई बोलाए र बलात्कार गरे।


हल्ला गरे मारिदिन्छु भनेकाले आफु रोएर बस्न विवश भएको उनले सु
नाए। 'उनीहरु सवैले पालै-पालै नराम्रो कार्य गरे ', उनले भने -अन्तमा म वेहोस भएर लडे।' होसमा आउदा घरमा आफन्त जम्मा भइसकेको उनले सुनाए। 'मैल्ये सवै कुरा फुपुलाई भने ', उनले थपे -त्यसपछि प्रहरीपनि आईपुगे।


पिडित किशोरले शुक्रबार विहान समयमा आत्महत्या गर्ने प्रयास समेत गरेकेा फुपुले सुनाईँन्। 'हामीले उसलाई संझायौ ', उनले भनिन् -.अन्तत उसले आफ्नो त्यो विचार त्यागिदियो।' दोषीलाई कारवाही भए आफुले पढाईलाई निरन्तरता दिने किशोरले सुनाए। 'म पढेर ठूलो मान्छे बन्नको लागी घर छाडेर याहा आएको हु ', उनले भने -.म पढाईलाई निरन्तरता दिने छु।' दोषीलार्इँ प्रहरीले पक्रेपछि आफनो गिरेको 'आत्मबल' बढेको उनले सुनाए।

किशोरको किटानी जाहेरीको आधारमा प्रहरीले स्थायिन ६ युवालाई नियन्त्रणमा लिएको छ। 'जसमा एकलाई पिडित किशोरले पहिचान गरेका छन् ', अमलेखगन्ज चौकीका सई अरुणकुमार कुशवाहले भने -अरुको बिषयमा अनुसन्धान गर्दे छौ।' दोषीलाई कडा भन्दा कडा कारवाही गरिने उनले सुनाए। 

No comments:

Post a Comment