Sunday, March 11, 2012

“गोल गरि हाल्नुस तपाई नै मेस्सी हो ।”

काठमाडौं, फागुन २८


काठमाडौंमा एएफसी च्यालेन्जकप फुटबल चलिरहेको छ । च्यालेन्जकपमा नेपाली स्टाईकरको कमीका कारण नेपाल लगातार २ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । तर पनि फुटबलको चर्चा घटेको छैन । राजनीतिक वृत्तमा पनि अहिले फुटबल र मेस्सीको चर्चा हुन थालेको छ ।

नेपालले मैदानमा राम्रो खेले पनि गोल गर्न नसकेको जस्तै राजनीतिक दलहरुबीच पनि सकरात्मक छलफल भए पनि निष्कर्ष निस्किन सकेको छैन । त्यसैले दलका नेताहरुलाई सहमतिको गोल गर्न संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले सुझाव नै दिनु
भएको छ । आइतवार सिंहदरवारमा ३ दलको बैठक बस्नुअघि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गसँग छलफल गर्न गएका ३ दलका शिर्ष नेतासँगको भेटमा नेम्बाङ्गले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो “गोल गरि हाल्नुस तपाई नै मेस्सी हो ।”

छलफलमा शान्ति प्रकृया, संविधानका विवादित विषयमा सहमतिको खोजी तथा संयुक्त राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा सहमति खोज्न माओवादी, कांग्रेस र एमालेका शिर्ष नेताहरु नेम्बाङ्गसँग पुगेका थिए । छलफलमा समय थोरै रहेको र विषयवस्तु जटिल रहेको तथा जेठ १४ गतेको विकल्प नभएकाले प्रक्रिया छोट्याउन दलहरुलाई सुझाव दिएको नेम्बाङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो “एक कप कफी खुवाएर सहमतिका लागि ३ दलको बैठकलाई शुभकामना दिएको छु ।” नेम्बाङ्गले राजधानी नछोडी दैनिक बैठक बसेर परिणाम आउने गरी निर्णय गर्नु पर्नेमा जोड दिएपछि दलका नेताले सहमति नगरी राजधानी नछाड्ने बताएका थिए ।

No comments:

Post a Comment