होसियार, कोकाकोला र पेप्सीजस्ता चिसो खाँदा तपाइँ क्यान्सरको सिकार बन्ने खतरा छ ।
गर्मी चढ्दैछ,यो बेला गर्मी भगाउन तपाइँहरु कोकाकोला तथा पेप्सीजस्ता चिसो पेय पदार्थ अवश्य खानुहुन्छ होला ।
कोकाकोला र पेप्सीजस्ता पदार्थमा यस्तो रसायन मिसाइन्छ जसले मानिसमा क्यान्सर गराउँछ । पेय पदार्थमा राम्रो रंग निकाल्नका लागि प्रयोग गरिने ४-मिथाइल ए मिडाजोल नामक रसायन मानव स्वास्थ्यका लागि हानिकारक हुने र त्यसले क्यान्सर गराउने खतरा रहेको विज्ञहरु बताउँछन् ।
उक्त रसायनले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा गरिएको अध्ययनका क्रममा यस्तो सम्भावना देखिएको हो । मुसामा गरिएको अध्ययनले कोकाकोलामा प्रयोग हुने उक्त रसायनले क्यान्सर कोषको विकाश गरेको थियो ।
तर कोकाकोला कम्पनीले भने यस्तो दाबी अस्विकार गर्दै आफुहरुका उत्पादन आम मानिसको स्वास्थ्यमा असर पार्ने खालका नभएका जिकिर गरेको छ ।
यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्य प्रशासनले उक्त रसायनको प्रयोग कम गर्ने वा कोक वा पेप्सीका बोतल बाहिर यो पिउँदा तपाइँलाई क्यान्सरको खतरा हुनसक्छ भन्ने लेख्ने दुइ विकल्प दिएपछि कोकाकोला र पेप्सी कम्पनीले उक्त रसायनको मात्रा केही घटाउने निर्णय गरेका छन् ।कोकाकोला र पेप्सी लगायतका पेय पदार्थको रंगका लागि उक्त पदार्थको प्रयोग अनिवार्य रहेकाले पूरै हटाउन असम्भव छ । त्यसैले मात्रा घटाएपनि पेप्सी र कोक जस्ता पेय पदार्थले मानिसमा क्यान्सर गराउने सम्भावना रहेकै हुन्छ । यस अर्थमा यस्ता पेय पदार्थको साटो अरु स्वस्थ जुस वा पानी खानुनै राम्रो । कि कसो ?
ल है जुस नै खानुस् कोकाकोला र पेप्सीभन्दा त।

No comments:
Post a Comment