काठमाडौं, फाल्गुन २९ -
एएफसी च्यालेन्ज कपमा लज्जास्पद हार ब्यवहोरेपछि नेपाली राष्ट्रिय टिमका बेलायती प्रशिक्षक ग्राह्म रोबर्टस् बिदा हुने भएका छन् ।
उनले करार अवधि नथप्ने सोमबार जानकारी दिएका छन् । नेपाली फुटबलमा सफलतापूर्वक नेतृत्व गरेका उनी केही दिनयता आफ्नो टिमले लगातार हारेपछि चिन्तित थिए । पूर्व अन्तर्राष्ट्रय खेलाडी रोवर्टस २०६७ को पुस अन्त्यबाट नेपाली टिमको प्रशिक्षक बनेका हुन् ।
सोमबार तुर्कमेनिस्तानसँग प्रतिष्ठाको खेल खेलिरहेको नेपाल ३-० ले पराजित भएको हो । दशरथ रंगशालामा भएको खेलको पाहिलो हाफमा एक गोल खाएको नेपाले दोस्रो हाफको अन्तिम समयमा आएर दुई गोल खाएको छ ।
नेपाल एएफसी च्यालेन्जमा कुनै पनि गोल नगरिकन बाहिरिएको यो पहिलो पटक हो । यसै गरी हलचोकमा भएको खेलमा प्यालेस्टाइनसँग माल्दिभ्स १-० ले पराजित भएको छ ।
बिचरा बिदेशिको पनि बेइज्जत वनए नेपाली खेलाडीले।
No comments:
Post a Comment