काठमाडौं, फागुन ३०
दुई खेल हारीसकेका खेलाडीलाई किन जबर्जस्ती
राष्ट्रिय टोलीबाट दुई खेलाडीलाई सेनाले जबर्जस्ती रातारात लगेको विषयमा संसदको राज्यवस्था समितिले पत्र लेखी रक्षा मन्त्रालय र प्रधान सेनापति छत्रमान गुरुङसँग प्रस्टिकरण मागेको छ। 'राष्ट्रिय टोलीका दुई खेलाडी किन त्य
सरी लगिएको हो ?' समितिले प्रस्टिकरण माग्दै पठाएको पत्रमा भनिएको छ।
'त्यस्तो किन गर्नु पर्यो भनेर समितिले शीघ्र जवाफ पठाउन पत्र काटेको हो', समिति सभापति रामनाथ ढकालले भने- 'रक्षा मन्त्रालय र प्रधानसेनापतिलाई पत्र पठाएका छौं।'
जवाफ चित्त बुझ्दो नभए मन्त्रालय अधिकारी तथा प्रधानसेनापतिलाई समितिले बैठकमै बोलाएर सोधुपुछ गर्न पनि सक्ने अधिकार छ।


No comments:
Post a Comment