ओजन तह विनाश भैरहेको कुरा पहिलोपटक पत्ता लगाउने वैज्ञानिक शेरउडको निधन
पृथ्वीको रक्षा कवच मानिएको ओजन तह विनाश भैरहेको कुरा पहिलोपटक पत्ता लगाउने वैज्ञानिक शेरउड रोल्याण्डको निधन भएको छ । नोबेल पुरस्कार विजेता अमेरिकी रसायनशास्त्री तथा प्राध्यापक शेरउडको ८४ वर्षको उमेरमा निधन भएको हो ।
रोल्याण्डले सन् १९७४ मा पहिलोपटक क्लोरोफ्लोरो कार्वनका कारण ओजन तह विनाश भैरहेको तथ्य पत्ता लगाए
का थिए । सुरुमा रसायन उद्योग तथा अरु वैज्ञानिकहरुले उनको भनाइलाई खण्डन गरेपनि पछि उक्त तथ्य प्रमाणित भएको थियो । यसैका लागि उनले २० वर्षपछि रसायनतर्फको नोबेल पुरस्कार पाएका थिए ।
शेरीको नामले चर्चित उनी क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक थिए । विश्वविद्यालयमा शेरीका सहकर्मी समेत रहेका भौतिकशास्त्री केन्नेथ ज्यान्डाले शेरीको निधनबाट आफुले सबैभन्दा राम्रो साथी गुमाएको बताएका छन् । शेरउडले विश्वलाई ठूलो प्रलयबाट जोगाएको र उनी सत्यको सामु कहिल्यै नझुकेको उनको भनाइ छ ।
सूर्यबाट आउने परावैजनी किरणलाई रोकेर पृथ्वीमा रहेका जीव र वनस्पतीको रक्षा गरिरहेको ओजोन तहलाई विनाश गर्ने क्लोरोफ्लोरो कार्वन भन्ने रसायन रेपि|mजेरेटर लगायतका विभिन्न उपकरणहरुमा प्रयोग गरिन्छ ।
यस्ता रसायनको प्रयोग रोक्न सन् १९८५ मा क्यानडाको मन्टि्रयलमा एक सन्धीमा हस्ताक्षर समेत भैसकेको छ ।

No comments:
Post a Comment