नयाँ दिल्ली, चैत १ (एजेन्सी)-
कुनै बेला योग गुरु बाबा रामदेवसँग विहे गर्ने इच्छा व्यक्त गरेकी बलिउडकी आइटम गर्ल राखी सावन्त अब भने उनीसँग असन्तुष्ट छिन्। राखीले बाबालाई योग मात्र गरेर चुप लाग्ने सल्लाह दिएकी छिन्।अझ रमाइलो कुरा त राखीले यो
सुझाव बाबालाई संसदमा दिएकी हुन्। उनले संसदको कार्यवाही हेर्न आएका बेला पत्रकारहरूसँग बोल्दै यो सुझाव दिन भ्याएकी थिइन्।
'मैले बाबाको इज्जत गर्छु। तर उहाँले आफ्नो काम मात्र गर्नु पर्छ।' राखीले भनिन्।
योग गुरु रामदेवले कालो धन तथा भ्रष्टाचार विरुद्ध भारतमा राष्ट्रव्यापी अभियान चलाइरहेका छन्।
No comments:
Post a Comment