Thursday, March 15, 2012

"आर्यनसँग मेरो कुनै पनि दुश्मनी छैन ।":रेखा थापा




छबिराजका सन्तान मनमुटावमा 
नायक आर्यन सिग्देल र नायिका रेखा थापाबीच भित्रभित्रै द्वन्द्व छ भन्ने त सबैलाई थाहा नै छ । उनीहरुबीचको सम्वन्ध कतिसम्म बिगि्रएको रहेछ भन्ने कुरा बिहीबार राजधानीमा भएको एक कार्यक्रममा छर्लङ्ग देखिएको छ । फि
ल्मी खबर साप्ताहिकले गरेको कार्यक्रममा अरु कलाकारसँगै रेखा र आर्यन पनि पुगेका थिए । कार्यक्रममा यो वर्षको फिल्मीखवर अभिनेता र अभिनेत्रीको पुरस्कार प्रदान गरिएको थियो ।
सबैभन्दा पहिला सर्वोत्कृष्ट अभिनेत्रीको रुपमा नायिका रेखा थापालाई बोलाईयो । यसपछि पालो आयो नायक आर्यनको । उनलाई सर्वोत्कृष्ट अभिनेताको पुरस्कारका लागि बोलाइएको थियो । स्टेजमा पुगेका नायक आर्यन सिग्देलले सबैसँग हात मिलाए । तर नायिका रेखालाई भने उनले हात मिलाउनु त परै जाओस्, राम्रोसँग पनि हेरेनन् । यसबाटै थाहा हुन्थ्यो उनीहरुको सम्बन्ध । उनीहरुको यस्तो हर्कत देखेपछि कार्यक्रम सञ्चालक नरेश भट्टराईले शितयुद्ध नराख्न आग्रह गर्दै आजैबाट बिगि्रएको सम्बन्ध सुधार्न आग्रह गरे ।

तर आर्यन र रेखाको पाईला चलेन । दुबै जनालाई हलमा उपस्थित भएका सबैले आग्रह गर्दा पनि अंगालो मार्न त परै जाओस् हात मिलाउन पनि तयार भएनन् । रेखा र आर्यनबीचको शितयुद्ध कतिसम्म रहेछ भन्ने कुरा यहाँबाट थाहा भयो । उत्कृष्ट नायक तथा नायिका हुँदा पनि आर्यन र रेखाले आफूहरुबीच रहेको मनमुटाव फुकाउन सकेनन् । यसपछि कार्यक्रम संचालकले अंगालो नमारेपनि हात मिलाउन आग्रह गरे । उनीहरुले बल्ल बल्ल मन नलागी नलागी हात मिलाए जस्तो गरे । अनि दुवैजना दर्शकदिर्घामा फर्किए ।
दुईजनाको मनमुटाव खुबै रहेछ भन्ने चर्चा चलिरहँदा कार्यक्रममा रेखालाई बोल्न आग्रह गरियो । स्टेजमा पुगेकी रेखाले आर्यन र आफ्नो मनमुटावको बारेमा बोल्दै भनिन् -"आर्यनसँग मेरो कुनै पनि दुश्मनी छैन । हामी एकै घरपरिवारको सदस्य हौं । आर्यनलाई मैले जन्माएको होइन । आर्यन र मलाई छवि ओझाले जन्माएको हो । यसैले आर्यन उसको सम्पत्ति हो । आर्यनको अभिनयको म फ्यान हो । हामीबीच कुनै पनि तिक्तता छैन । हाम्रो सिनेमा नआएकाले पनि यस्तो खवर आएको हुनसक्छ । कतिले मलाई आर्यनसँगको दुश्मनी बढाउन सविनलाई सिनेमामा लिएको भन्छन् । तर आर्यनलाई चिढ्याउन मैले त्यस्तो गरेको होइन । एउटै परिवारमा बसेपछि, कहिलेकाहीँ यस्तो हुन्छ नै । हामी दुवै सन्तान धेरै पुलपुलियौं होला, यसैले पनि कहिलेकाहीँ खटपट आउँछ । तर आर्यन र मबीच कुनै दुश्मनी र मनमुटाव छैन ।"
रेखाले यसो भनेपछि आर्यनले पनि उनको कुरामा सहमति जनाउँदै टाउको हल्लाएका थिए । यसरी नायिका रेखा थापाले आर्यनसँगको आफ्नो सम्बन्धलाई सुमधुर बनाउन अनौपचारिक रुपमा प्रस्ताव गरेकी छिन् । अब उनको यो प्रस्तावलाई आर्यनले कसरी लिने हुन्, यो भने हेर्न नै बाँकी छ । तर, पनि दुई चलेका कलाकारबीच सम्वन्धमा खाटो आउँदा यसको घाटा सिनेमा क्षेत्रलाई नै हो । पछिल्लोपटक आर्यन र रेखाले ‘कसले चोर्यो मेरो मन’मा अभिनय गरेका थिए । तर यसपछि भने यि दुई कलाकारले कुनै पनि सिनेमामा अभिनय गरेका छैनन् । आशा गरौं पुलपुलिएर मात्तिएका यि दुई कलाकारबीचको सम्बन्धमा सुधार आउनेछ ।

No comments:

Post a Comment