'उर्दू भाषामा करिश्माले जादुको अर्थ पनि बोक्छ'
अञ्जली श्रेष्ठले बुनुलाई करिश्मा बनाइदिँदा उनलाई त्यसको अर्थ थाहा थिएन। गार्मेन्टमा काम गर्दै स्कुल पढिरहेकी यी किशोरीलाई देख्ने पुरुष पहिलो नजरमै टोलाउन बाध्य हुन्थे। यही सौन्दर्यलाई न्याय गर्न, अन्जलीले उनलाई चलचित्र नगरीकी करिश्मामा रूपान्तरण गरिदिइन्। करिज्मा अर्थात् 'आफूतर्फ खिच्न सक्ने आकर्षण भएकी' करिश्मा नामको आज पनि उत्तिकै धाक छ। प्रस्ट हिमाल देखिने आफ्नो घरको छतमा के
ही बेर गफिएपछि करिश्माले भनिन्-
'उर्दू भाषामा करिश्माले जादुको अर्थ पनि बोक्छ क्यार !'
सौन्दर्यको यो जादु अर्थात् तिनै करिज्मा अहिले २५ वर्ष पुगेकी छिन्। बुनुबाट जोड्दा त उनको उमेर ४० नाघ्ला, तर करिश्मा भएयताका २५ वसन्त पार भएका छन्।
बूढो बाघ अर्थात् निर्देशक प्रकाश थापाले किशोरी करिश्मालाई देख्दा सम्मोहनको त्यही जादुले काम गरेरै हुनसक्छ, उनले चलचित्र सन्तानमा ब्रेक पाइन्। स्व. प्रकाश थापाको सन्तानबाट सुरु भएको करिश्माको फिल्मी यात्रा छायांकन भैरहेको दिनेश डिसीको मायाजबारसम्म कायमै छ। यसबीच उनले करिब २ सय चलचित्रमा अभिनय गरिसकेकी छिन्। सकारात्मक सोचकै कारण उनले यति लामो यात्रा सहजै पार गरेकी हुन्। समकालिन र आफूभन्दा अघिका नायिकाहरूको भीडमा उनले आफूलाई पृथक् रूपमा प्रस्तुत गर्न सक्नुमा पनि सकारात्मक सोच र परिस्थितिअनुसारको सही व्यवहारले काम गरेको छ। करिश्मा आफैं भन्छिन्- 'म रक्सी पिउँदा पनि सकारात्क ऊर्जाका लागि पिउँछु, त्यसले मातिँदा पनि सकारात्मक मात्र सोच्छु।'
करिश्मासँग खै के कुरा छ कुन्नि, सुन्दरीको ट्याग भिराउनुपर्दा नेपालीहरू सबैभन्दा पहिले उनकै नाम लिन्छन्। नायिकाका रूपमा २५ वर्षे अभिनय यात्रापछि पनि सुन्दरता हल न चल गरी यथावत् रहनु नै करिश्माले अद्यावधि त्यो महत्त्व पाउने आधार हुनसक्छ। स्वयं करिश्मा पनि आफूसँग के त्यस्तो जादु छ भन्ने कुराबाट अनभिज्ञ छिन्। उनी भन्छिन्, 'हेर्ने आँखा नै राम्रा भएर हुनसक्छ, मैले आजसम्म आफ्नो सौन्दर्यको प्रशंसा नै सुनिरहेकी छु।'
अहिले पनि २५ वर्षे नै देखिनु उनको खुबी हो। यी षोडसी नोस्टाल्जिक हुँदै हिमालतर्फ हेर्दै साप्ताहिक संवाददातासँग कुरा गर्दै थिइन्। उनले भनिन्- ' फर्केर हेर्दा यो २५ वर्षमा करिश्माको जीवनमा थुप्रै आयाम थपिएका छन्।' रिलमा भिन्न भूमिकाप्रति न्याय गर्ने अभिनय मात्र होइन रियल लाइफमै बे होरेका थुप्रै उतारचढावले पनि करिश्मालाई परिपक्व बनाएका छन्। त्यही भएर हुनसक्छ, शारिरिक सौन्दर्यलाई मात्र होइन, उनले बौद्धिक सौन्दर्यलाई पनि समयअनुसार 'मेन्टेन' गर्न सकेकी छिन्।
बुढ्यौलीले आक्रमण गर्न थालेको उनको शारीरिक सौन्दर्यमा मानिसहरू किन अझ मोहित हुँदै गएका होलान त ! करिश्मा फिस्स हाँसिन् र लजालु भावमा भनिन्- 'मेन्टेन्ड म्याच्योर्ड विमेन फेस त झन् अट्रयाक्टिभ हुन्छ नि, अहिले पनि जेनिफर लोपेजप्रति आकषिर्त हुनेहरू उत्तिकै छैनन् त ?' निर्देशक शम्भु प्रधान पनि उमेर बढ्दै जाँदा करिश्मामा आकर्षणको लाली थपिँदै गएको बताउँछन्। 'मैले २५ वर्षअघि चलचित्र मायालुका लागि करिश्मालाई लिँदा पोक्ची सानी केटी, नायिका भन्न सुहाउने आकर्षक गेटअप पनि थिएन, त्यो समय नै पनि त्यस्तै थियो।' शम्भुले सम्झिए- 'पछि सपनामा लिँदा त्योभन्दा धेरै राम्री पाएँ, अहिले त उनमा यति निखार आएको छ कि राम्री भन्नेबित्तिकै सबैको ओठमा करिश्माकै नाम आउँछ।'
चलचित्र पाहुनामा अभिनय गरेपछि २०६१ सालमा एक्कासि उनी अमेरिका पुगिन्। करिश्मा अमेरिका पुग्नुका पछाडि थुप्रै कारण थिए। आफूले बनाएको चलचित्र बाबुसाहेबको घाटादेखि लगातारको अभिनयबाट आराम लिन केही समय अमेरिका बरालिएको भन्ने सुनिए पनि पाताल भासिने अरू थुप्रै कारण पनि थिए। करिश्माकै शब्दमा भन्नुपर्दा उनले केही वर्षभित्रै त्यसका बारेमा कुनै पुस्तक वा लेखमार्फत प्रस्ट्याउनेछिन्। अहिलेलाई यति मात्र, अमेरिका उनी पैसा कमाउन गएकी थिइनन् र कमाइनन् पनि। अमेरिकाबाट नेपालीहरूकी यी जादु परीलाई फेरि नेपाल भित्र्याउन श्रीमान् विनोद मानन्धरले ८ हजार अमेरिकी डलर नेपालबाटै पठाउनुपरेको थियो।
मायालु, मनकामना, अरुणिमा, सपना, साथी, अल्लारे, १ नम्बरको पाखे, ट्रक ड्राइभर, ढुकढुकी, पापी मान्छे, सारंगीजस्ता दर्जनौं सफल चलचित्रकी नायिका करिश्मा मानन्धरले अहिलेसम्म बेस्ट एक्ट्रेस एवार्ड भने पाएकी छैनन्। निरन्तर अभिनय क्षेत्रमा सक्रिय भएबापत डिकेड एवार्ड पाए पनि अहिले पनि उनी बेस्ट एक्ट्रेस एवार्ड पाउन उत्तिकै लालायित छिन्। 'एवार्ड नपाए पनि मैले जीवनमा धेरै कुरा पाए, चलचित्रको बजेटअनुसारको राम्रै पारिश्रमिक पाएँ, त्योभन्दा मुख्य कुरा माया गर्ने प्रशंसकहरू पाएँ,' करिश्माले भनिन्- 'यसमा मेरो निरन्तरको कर्मको सहायक भूमिका होला तर मुख्यतः भाग्य बलियो मान्छु।'
करिश्मा संघर्षपूर्ण जीवनबाट उठेकी नारी हुन्, तर उनको शारीरिक बनावटले उनी राजसी ठाँटमा हुर्किएको प्रतीत हुन्छ। कुनै राजकुमारीझैं लाग्ने करिश्मा वास्तवमै चमत्कारिक लाग्छिन्। उनले अभिनय यात्रामा राजकुमारीका रूपमा त अभिनय गरिनन्, तर चलचित्रमा उनको भूमिका अक्सर धनी बाबुकी छोरीकै रूपमा फिट भयो। उनी सम्पन्न परिवारकि चुलबुले छोरीका रूपमा देखिइन्। सञ्चारकर्मी तथा गीतकार बाबुराम दाहालका अनुसार चलचित्र साथीमा स्कर्टमा उनको अभिनय बेजोड खुल्नुका पछाडि सौन्दर्य र उनीसँग फिट हुने भूमिका नै मुख्य कारण थियो।
करिश्माको २५ वर्षे रजतपट यात्राकै क्रममा बिर्सन नसकिने थुप्रै चलचित्रमा उनले अभिनय गरेकी छिन्, तर त्यसमध्ये तीनवटा चलचित्र अर्थपूर्ण छन्। पहिलो सन्तान, जसमार्फत उनको नायिकाका रूपमा सिनेयात्रा प्रारम्भ भएको थियो। दोस्रो ऐतिहासिक चलचित्र वसन्ती, वसन्तीमा उनी दरबारिया गगनसिंहकी प्रेमिका थिइन्। त्यसमा उनले वसन्तीको चरित्रप्रति न्याय गर्ने गरी अभिनय गरिन् अनि तेस्रो चलचित्र क्षेत्रबाट कमाएको नाम एवं दामलाई त्यही क्षेत्रमा लगानी गर्नुपर्छ भनेर चलचित्र ढुकढुकी निर्माण गरिन्। फस्ट ब्रेक, एक्टिङ र मेकरका रूपमा यी तीन चलचित्रमा आइसकेपछि अब उनीसँग एउटा गन्तव्य छ, त्यो हो निर्देशनको।
राजेश हमाल, नायक
धेरै कमलाई थाहा होला, पहिलो पटक मैले नेपाली चलचित्र 'भाग्यरेखा' मा अभिनय गर्ने भएपछि करिश्माजी मेरो को-स्टारका रूपमा उक्त चलचित्रमा अनुबन्ध हुनुभएको थियो। मैले पहिलो पटक मुहूर्त सट दिएकी नायिका हुन्, करिश्मा। आखिर उक्त चलचित्रमा न मैले न करिश्माजीले नै काम गर्यौं। मैले चार-पाँचवटा चलचित्रमा काम गरिसकेपछि करिश्मासँग भाउजू चलचित्रमा पहिलो पटक काम गरें। करिश्माजीले नेपाली चलचित्रमा काम गरेकै २५ वर्ष भएछ, म त भर्खर २५ वर्ष पुगें, (हाँसो), जे होस् करिश्माजीसँग काम गर्दा मलाई सहज लाग्यो। उहाँ असाध्यै व्यावसायिक कलाकार हो। काम धेरै गरे पनि हाम्रो सम्बन्ध सधैं व्यावसायिक मात्र रह्यो। नजिक भएर सामाजिक हिसाबमै सँगै बसेर कफी खाइएन। अहिले त्यसबेला व्यक्तिगत रूपमा किन नजिक भइएन होलाजस्तो अनुभूति हुन्छ। हामीले करिब ५० वटा फिल्ममा नायक नायिकाका रूपमा काम गरे पनि उहाँसँग व्यक्तिगत रूपमा एक-दुईवटा संवादबाहेक भएन। अचम्म त के भने मैले करिश्माजीका श्रीमान् विनोदजीसँग करिश्माजी भन्दा बढी गफ गरेको हुँला। करिश्माजीलाई चिन्दा मैले उहाँलाई असाध्यै मेहनती कलाकारका रूपमा चिनें। राम्री हुनुहुन्छ, आवश्यक सुन्दरता पनि छ, बानीबेहोरा पनि राम्रो छ। आफूले गरेको कुनै कार्यलाई लिएर वा अरू कुनै कुरामा पनि अनावश्यक गुनासो गर्नुहुन्न। करिश्माजी कलिलो उमेरमै सिनेक्षेत्रमा आउनुभयो, त्यसपछि निरन्तर काम गर्नुभयो। मैले उहाँले निर्माण गरेको चलचित्र ढुकढुकीमा पनि काम गरें। कलाकारको हिसाबमा ९० वर्षसम्म पनि नायक-नायिकाले अभिनय गर्न सक्ने भएकाले उहाँ अझै यो क्षेत्रमा सक्रिय रहनुहुन्छ। उहाँ समर्पित कलाकार पनि भएकाले उहाँले अभिनयमा आफ्नो भूमिका निर्वाह गर्न सक्नुहुन्छ। करिश्माजीसँग मेरो ट्युनिङ वास्तवमै मिलेको हुनुपर्छ, त्यही भएर हामीलाई लिएर पटक-पटक चलचित्र निर्माण भए, त्यसमध्ये धेरै सफल भए। हाम्रो केमेस्ट्री मिल्ने रहेछ। उहाँको चलचित्र उद्योगमा पुनरागमन भएको छ, चुनौतीका रूपमा नयाँ पुस्ताका साथमा काम गरिरहनुभएको छ, यो एकदमै राम्रो कुरा हो।
सञ्चिता लुइँटेल, नायिका
करिश्मा दिदीसँग मैले पापी मान्छेमा काम गरे। उहाँ जति सुन्दर हुनुहुन्छ, उहाँको मन पनि त्यति नै सुन्दर छ। लामो इतिहास बोकिसकेकी उहाँजस्ती वरिष्ठ कलाकारले उक्त चलचित्रमा काम गरुन्जेल मलाई साथीको जस्तो व्यवहार गर्नुभयो। सिनियर जुनियरको कुनै भेदभाव नराखी नयाँपुस्तासँग राम्रो व्यवहार गर्नु उहाँको बडप्पन हो। त्योभन्दा मुख्य कुरा नायिका भएर पनि २५ वर्षसम्म आफूलाई उत्तिकै फिट राख्न सक्नु उहाँको सबल पक्ष हो। भुवन केसीदेखि अहिलेका नायकसम्म करिश्मा दिदी फिट देखिनुभएको छ। नायकको भविष्य मात्र लामो हुन्छ भन्ने हाम्रो सिने उद्योगको धारणाविपरीत करिश्मा दिदी अपबाद कै रूपमा खडा हुनुभएको छ। खासगरि विवाहपछि, अझ बच्चा जन्माइसकेपछि नायिकाहरूको फिगर स्वाभाविक रूपमै बिग्रने भएकाले पर्दा को संसारमा र्फकन गाह्रो हुन्छ, तर दिदीले गर्भास्थादेखि छोरी कविता हुर्काउने समयमा पनि घर र चलचित्र क्षेत्रलाई म्यानेज गर्न सक्नुभयो। सुन्दर मानिस घमन्डी हुन्छन् भनिन्छ, तर करिश्मा मानन्धरमा यो कुरा कुनै पनि पक्षबाट लागू हुँदैन्। उहाँ नायिका भए पनि कहिल्यै आफ्ना समकक्षी वा नयाँ नायिकाको कुरा काट्नुहुन्न, कसैलाई होच्याउनुहुन्न, उहाँको प्राथमिकतामा सधैं व्यावसायिक कलाकारिता मात्र छ। उहाँलाई नायिकामा मात्र सीमित राख्नुहुँदैन, उहाँमा एउटी असल महिलामा हुनुपर्ने गुण पनि धेरै छन्। सबैका आ-आफ्ना समस्याहरू हुन्छन्, तर करिश्मा दिदी कामको सन्दर्भमा ति समस्या देखाएर भाग्नुभएन, त्यही भएर आज २५ वर्षसम्म यो उद्योगमा उहाँ टिकिरहनुभएको छ। मलाई उहाँ गर्जियस विमेन लाग्नुहुन्छ।
बाबु बोगटी गायक, नायक
अहिले पनि करिश्मा मानन्धरको अदा देखेर म उहाँप्रति आकषिर्त हुन्छु। म उहाँलाई दिदीका रूपमा सम्बोधन गर्छु, सानो उमेरमा पर्दामा देखेकी करिश्मासँगको भेट नै मेरो लागि ड्रिम थियो। पछि उहाँसँग काम गर्ने सपना सजाएँ, तर उमेरका कारण त्यो सम्भव हुन्छ जस्तो लागेन। यही बीच अचानक चलचित्र सायदमा मैले सपनाकी राजकुमारी करिश्मासँग काम गर्न पाएँ। त्यो पनि आफ्नो जोडीका रूपमा। सायदमा हामी श्रीमान्-श्रीमतीको भूमिकामा छौं। एउटा नृत्य पनि छ हाम्रो। उमेर अनुसार त नसुहाउनु पर्ने हो, तर करिश्माजीको मेन्टेन फिगरले उहाँसँग जोडी जमेको जस्तो मलाई लाग्छ। दिदी भर्खरकै भैदिँदा म पनि बूढो हुनुपरेन। मेरो जीवनकै मुख्य सपना पूरा भयो जस्तो लाग्छ। उहाँको त्यो भव्य व्यक्तित्वसँग आमने सामने भएर अभिनय गर्दा सुरुमा केही नर्भस भए पनि पछि सम्हालिएँ। उहाँ कत्ति व्यावसायिक कलाकार हुनुहुन्छ भन्ने पनि थाहा भयो। त्यो सौन्दर्य, त्यो चार्म, झल्झली धपक्कै बलेको जस्तो यौवन अहिले पनि कायम छ, मैले त्यही भएर पूर्ण रूपमा आफूलाई अभिनयमा ढालेर उहाँसागको पर्फेक्ट कपल बन्ने प्रयास गरे। करिश्मा मानन्धरलाई मैले एक वाक्यमा व्याख्या गर्दा उहाँ नेपाली चलचित्र उद्योगकी राम्री, नम्र र प्रोफेसनल कलाकार हुनुहुन्छ र करिश्मासँगको मेरो अभिनय मेरो जीवनकै अविस्मरणीय क्षण हो।
अञ्जली श्रेष्ठले बुनुलाई करिश्मा बनाइदिँदा उनलाई त्यसको अर्थ थाहा थिएन। गार्मेन्टमा काम गर्दै स्कुल पढिरहेकी यी किशोरीलाई देख्ने पुरुष पहिलो नजरमै टोलाउन बाध्य हुन्थे। यही सौन्दर्यलाई न्याय गर्न, अन्जलीले उनलाई चलचित्र नगरीकी करिश्मामा रूपान्तरण गरिदिइन्। करिज्मा अर्थात् 'आफूतर्फ खिच्न सक्ने आकर्षण भएकी' करिश्मा नामको आज पनि उत्तिकै धाक छ। प्रस्ट हिमाल देखिने आफ्नो घरको छतमा के
ही बेर गफिएपछि करिश्माले भनिन्-
'उर्दू भाषामा करिश्माले जादुको अर्थ पनि बोक्छ क्यार !'
सौन्दर्यको यो जादु अर्थात् तिनै करिज्मा अहिले २५ वर्ष पुगेकी छिन्। बुनुबाट जोड्दा त उनको उमेर ४० नाघ्ला, तर करिश्मा भएयताका २५ वसन्त पार भएका छन्।
बूढो बाघ अर्थात् निर्देशक प्रकाश थापाले किशोरी करिश्मालाई देख्दा सम्मोहनको त्यही जादुले काम गरेरै हुनसक्छ, उनले चलचित्र सन्तानमा ब्रेक पाइन्। स्व. प्रकाश थापाको सन्तानबाट सुरु भएको करिश्माको फिल्मी यात्रा छायांकन भैरहेको दिनेश डिसीको मायाजबारसम्म कायमै छ। यसबीच उनले करिब २ सय चलचित्रमा अभिनय गरिसकेकी छिन्। सकारात्मक सोचकै कारण उनले यति लामो यात्रा सहजै पार गरेकी हुन्। समकालिन र आफूभन्दा अघिका नायिकाहरूको भीडमा उनले आफूलाई पृथक् रूपमा प्रस्तुत गर्न सक्नुमा पनि सकारात्मक सोच र परिस्थितिअनुसारको सही व्यवहारले काम गरेको छ। करिश्मा आफैं भन्छिन्- 'म रक्सी पिउँदा पनि सकारात्क ऊर्जाका लागि पिउँछु, त्यसले मातिँदा पनि सकारात्मक मात्र सोच्छु।'
करिश्मासँग खै के कुरा छ कुन्नि, सुन्दरीको ट्याग भिराउनुपर्दा नेपालीहरू सबैभन्दा पहिले उनकै नाम लिन्छन्। नायिकाका रूपमा २५ वर्षे अभिनय यात्रापछि पनि सुन्दरता हल न चल गरी यथावत् रहनु नै करिश्माले अद्यावधि त्यो महत्त्व पाउने आधार हुनसक्छ। स्वयं करिश्मा पनि आफूसँग के त्यस्तो जादु छ भन्ने कुराबाट अनभिज्ञ छिन्। उनी भन्छिन्, 'हेर्ने आँखा नै राम्रा भएर हुनसक्छ, मैले आजसम्म आफ्नो सौन्दर्यको प्रशंसा नै सुनिरहेकी छु।'
अहिले पनि २५ वर्षे नै देखिनु उनको खुबी हो। यी षोडसी नोस्टाल्जिक हुँदै हिमालतर्फ हेर्दै साप्ताहिक संवाददातासँग कुरा गर्दै थिइन्। उनले भनिन्- ' फर्केर हेर्दा यो २५ वर्षमा करिश्माको जीवनमा थुप्रै आयाम थपिएका छन्।' रिलमा भिन्न भूमिकाप्रति न्याय गर्ने अभिनय मात्र होइन रियल लाइफमै बे होरेका थुप्रै उतारचढावले पनि करिश्मालाई परिपक्व बनाएका छन्। त्यही भएर हुनसक्छ, शारिरिक सौन्दर्यलाई मात्र होइन, उनले बौद्धिक सौन्दर्यलाई पनि समयअनुसार 'मेन्टेन' गर्न सकेकी छिन्।
बुढ्यौलीले आक्रमण गर्न थालेको उनको शारीरिक सौन्दर्यमा मानिसहरू किन अझ मोहित हुँदै गएका होलान त ! करिश्मा फिस्स हाँसिन् र लजालु भावमा भनिन्- 'मेन्टेन्ड म्याच्योर्ड विमेन फेस त झन् अट्रयाक्टिभ हुन्छ नि, अहिले पनि जेनिफर लोपेजप्रति आकषिर्त हुनेहरू उत्तिकै छैनन् त ?' निर्देशक शम्भु प्रधान पनि उमेर बढ्दै जाँदा करिश्मामा आकर्षणको लाली थपिँदै गएको बताउँछन्। 'मैले २५ वर्षअघि चलचित्र मायालुका लागि करिश्मालाई लिँदा पोक्ची सानी केटी, नायिका भन्न सुहाउने आकर्षक गेटअप पनि थिएन, त्यो समय नै पनि त्यस्तै थियो।' शम्भुले सम्झिए- 'पछि सपनामा लिँदा त्योभन्दा धेरै राम्री पाएँ, अहिले त उनमा यति निखार आएको छ कि राम्री भन्नेबित्तिकै सबैको ओठमा करिश्माकै नाम आउँछ।'
चलचित्र पाहुनामा अभिनय गरेपछि २०६१ सालमा एक्कासि उनी अमेरिका पुगिन्। करिश्मा अमेरिका पुग्नुका पछाडि थुप्रै कारण थिए। आफूले बनाएको चलचित्र बाबुसाहेबको घाटादेखि लगातारको अभिनयबाट आराम लिन केही समय अमेरिका बरालिएको भन्ने सुनिए पनि पाताल भासिने अरू थुप्रै कारण पनि थिए। करिश्माकै शब्दमा भन्नुपर्दा उनले केही वर्षभित्रै त्यसका बारेमा कुनै पुस्तक वा लेखमार्फत प्रस्ट्याउनेछिन्। अहिलेलाई यति मात्र, अमेरिका उनी पैसा कमाउन गएकी थिइनन् र कमाइनन् पनि। अमेरिकाबाट नेपालीहरूकी यी जादु परीलाई फेरि नेपाल भित्र्याउन श्रीमान् विनोद मानन्धरले ८ हजार अमेरिकी डलर नेपालबाटै पठाउनुपरेको थियो।
मायालु, मनकामना, अरुणिमा, सपना, साथी, अल्लारे, १ नम्बरको पाखे, ट्रक ड्राइभर, ढुकढुकी, पापी मान्छे, सारंगीजस्ता दर्जनौं सफल चलचित्रकी नायिका करिश्मा मानन्धरले अहिलेसम्म बेस्ट एक्ट्रेस एवार्ड भने पाएकी छैनन्। निरन्तर अभिनय क्षेत्रमा सक्रिय भएबापत डिकेड एवार्ड पाए पनि अहिले पनि उनी बेस्ट एक्ट्रेस एवार्ड पाउन उत्तिकै लालायित छिन्। 'एवार्ड नपाए पनि मैले जीवनमा धेरै कुरा पाए, चलचित्रको बजेटअनुसारको राम्रै पारिश्रमिक पाएँ, त्योभन्दा मुख्य कुरा माया गर्ने प्रशंसकहरू पाएँ,' करिश्माले भनिन्- 'यसमा मेरो निरन्तरको कर्मको सहायक भूमिका होला तर मुख्यतः भाग्य बलियो मान्छु।'
करिश्मा संघर्षपूर्ण जीवनबाट उठेकी नारी हुन्, तर उनको शारीरिक बनावटले उनी राजसी ठाँटमा हुर्किएको प्रतीत हुन्छ। कुनै राजकुमारीझैं लाग्ने करिश्मा वास्तवमै चमत्कारिक लाग्छिन्। उनले अभिनय यात्रामा राजकुमारीका रूपमा त अभिनय गरिनन्, तर चलचित्रमा उनको भूमिका अक्सर धनी बाबुकी छोरीकै रूपमा फिट भयो। उनी सम्पन्न परिवारकि चुलबुले छोरीका रूपमा देखिइन्। सञ्चारकर्मी तथा गीतकार बाबुराम दाहालका अनुसार चलचित्र साथीमा स्कर्टमा उनको अभिनय बेजोड खुल्नुका पछाडि सौन्दर्य र उनीसँग फिट हुने भूमिका नै मुख्य कारण थियो।
करिश्माको २५ वर्षे रजतपट यात्राकै क्रममा बिर्सन नसकिने थुप्रै चलचित्रमा उनले अभिनय गरेकी छिन्, तर त्यसमध्ये तीनवटा चलचित्र अर्थपूर्ण छन्। पहिलो सन्तान, जसमार्फत उनको नायिकाका रूपमा सिनेयात्रा प्रारम्भ भएको थियो। दोस्रो ऐतिहासिक चलचित्र वसन्ती, वसन्तीमा उनी दरबारिया गगनसिंहकी प्रेमिका थिइन्। त्यसमा उनले वसन्तीको चरित्रप्रति न्याय गर्ने गरी अभिनय गरिन् अनि तेस्रो चलचित्र क्षेत्रबाट कमाएको नाम एवं दामलाई त्यही क्षेत्रमा लगानी गर्नुपर्छ भनेर चलचित्र ढुकढुकी निर्माण गरिन्। फस्ट ब्रेक, एक्टिङ र मेकरका रूपमा यी तीन चलचित्रमा आइसकेपछि अब उनीसँग एउटा गन्तव्य छ, त्यो हो निर्देशनको।
राजेश हमाल, नायक
धेरै कमलाई थाहा होला, पहिलो पटक मैले नेपाली चलचित्र 'भाग्यरेखा' मा अभिनय गर्ने भएपछि करिश्माजी मेरो को-स्टारका रूपमा उक्त चलचित्रमा अनुबन्ध हुनुभएको थियो। मैले पहिलो पटक मुहूर्त सट दिएकी नायिका हुन्, करिश्मा। आखिर उक्त चलचित्रमा न मैले न करिश्माजीले नै काम गर्यौं। मैले चार-पाँचवटा चलचित्रमा काम गरिसकेपछि करिश्मासँग भाउजू चलचित्रमा पहिलो पटक काम गरें। करिश्माजीले नेपाली चलचित्रमा काम गरेकै २५ वर्ष भएछ, म त भर्खर २५ वर्ष पुगें, (हाँसो), जे होस् करिश्माजीसँग काम गर्दा मलाई सहज लाग्यो। उहाँ असाध्यै व्यावसायिक कलाकार हो। काम धेरै गरे पनि हाम्रो सम्बन्ध सधैं व्यावसायिक मात्र रह्यो। नजिक भएर सामाजिक हिसाबमै सँगै बसेर कफी खाइएन। अहिले त्यसबेला व्यक्तिगत रूपमा किन नजिक भइएन होलाजस्तो अनुभूति हुन्छ। हामीले करिब ५० वटा फिल्ममा नायक नायिकाका रूपमा काम गरे पनि उहाँसँग व्यक्तिगत रूपमा एक-दुईवटा संवादबाहेक भएन। अचम्म त के भने मैले करिश्माजीका श्रीमान् विनोदजीसँग करिश्माजी भन्दा बढी गफ गरेको हुँला। करिश्माजीलाई चिन्दा मैले उहाँलाई असाध्यै मेहनती कलाकारका रूपमा चिनें। राम्री हुनुहुन्छ, आवश्यक सुन्दरता पनि छ, बानीबेहोरा पनि राम्रो छ। आफूले गरेको कुनै कार्यलाई लिएर वा अरू कुनै कुरामा पनि अनावश्यक गुनासो गर्नुहुन्न। करिश्माजी कलिलो उमेरमै सिनेक्षेत्रमा आउनुभयो, त्यसपछि निरन्तर काम गर्नुभयो। मैले उहाँले निर्माण गरेको चलचित्र ढुकढुकीमा पनि काम गरें। कलाकारको हिसाबमा ९० वर्षसम्म पनि नायक-नायिकाले अभिनय गर्न सक्ने भएकाले उहाँ अझै यो क्षेत्रमा सक्रिय रहनुहुन्छ। उहाँ समर्पित कलाकार पनि भएकाले उहाँले अभिनयमा आफ्नो भूमिका निर्वाह गर्न सक्नुहुन्छ। करिश्माजीसँग मेरो ट्युनिङ वास्तवमै मिलेको हुनुपर्छ, त्यही भएर हामीलाई लिएर पटक-पटक चलचित्र निर्माण भए, त्यसमध्ये धेरै सफल भए। हाम्रो केमेस्ट्री मिल्ने रहेछ। उहाँको चलचित्र उद्योगमा पुनरागमन भएको छ, चुनौतीका रूपमा नयाँ पुस्ताका साथमा काम गरिरहनुभएको छ, यो एकदमै राम्रो कुरा हो।सञ्चिता लुइँटेल, नायिका
करिश्मा दिदीसँग मैले पापी मान्छेमा काम गरे। उहाँ जति सुन्दर हुनुहुन्छ, उहाँको मन पनि त्यति नै सुन्दर छ। लामो इतिहास बोकिसकेकी उहाँजस्ती वरिष्ठ कलाकारले उक्त चलचित्रमा काम गरुन्जेल मलाई साथीको जस्तो व्यवहार गर्नुभयो। सिनियर जुनियरको कुनै भेदभाव नराखी नयाँपुस्तासँग राम्रो व्यवहार गर्नु उहाँको बडप्पन हो। त्योभन्दा मुख्य कुरा नायिका भएर पनि २५ वर्षसम्म आफूलाई उत्तिकै फिट राख्न सक्नु उहाँको सबल पक्ष हो। भुवन केसीदेखि अहिलेका नायकसम्म करिश्मा दिदी फिट देखिनुभएको छ। नायकको भविष्य मात्र लामो हुन्छ भन्ने हाम्रो सिने उद्योगको धारणाविपरीत करिश्मा दिदी अपबाद कै रूपमा खडा हुनुभएको छ। खासगरि विवाहपछि, अझ बच्चा जन्माइसकेपछि नायिकाहरूको फिगर स्वाभाविक रूपमै बिग्रने भएकाले पर्दा को संसारमा र्फकन गाह्रो हुन्छ, तर दिदीले गर्भास्थादेखि छोरी कविता हुर्काउने समयमा पनि घर र चलचित्र क्षेत्रलाई म्यानेज गर्न सक्नुभयो। सुन्दर मानिस घमन्डी हुन्छन् भनिन्छ, तर करिश्मा मानन्धरमा यो कुरा कुनै पनि पक्षबाट लागू हुँदैन्। उहाँ नायिका भए पनि कहिल्यै आफ्ना समकक्षी वा नयाँ नायिकाको कुरा काट्नुहुन्न, कसैलाई होच्याउनुहुन्न, उहाँको प्राथमिकतामा सधैं व्यावसायिक कलाकारिता मात्र छ। उहाँलाई नायिकामा मात्र सीमित राख्नुहुँदैन, उहाँमा एउटी असल महिलामा हुनुपर्ने गुण पनि धेरै छन्। सबैका आ-आफ्ना समस्याहरू हुन्छन्, तर करिश्मा दिदी कामको सन्दर्भमा ति समस्या देखाएर भाग्नुभएन, त्यही भएर आज २५ वर्षसम्म यो उद्योगमा उहाँ टिकिरहनुभएको छ। मलाई उहाँ गर्जियस विमेन लाग्नुहुन्छ।बाबु बोगटी गायक, नायक
अहिले पनि करिश्मा मानन्धरको अदा देखेर म उहाँप्रति आकषिर्त हुन्छु। म उहाँलाई दिदीका रूपमा सम्बोधन गर्छु, सानो उमेरमा पर्दामा देखेकी करिश्मासँगको भेट नै मेरो लागि ड्रिम थियो। पछि उहाँसँग काम गर्ने सपना सजाएँ, तर उमेरका कारण त्यो सम्भव हुन्छ जस्तो लागेन। यही बीच अचानक चलचित्र सायदमा मैले सपनाकी राजकुमारी करिश्मासँग काम गर्न पाएँ। त्यो पनि आफ्नो जोडीका रूपमा। सायदमा हामी श्रीमान्-श्रीमतीको भूमिकामा छौं। एउटा नृत्य पनि छ हाम्रो। उमेर अनुसार त नसुहाउनु पर्ने हो, तर करिश्माजीको मेन्टेन फिगरले उहाँसँग जोडी जमेको जस्तो मलाई लाग्छ। दिदी भर्खरकै भैदिँदा म पनि बूढो हुनुपरेन। मेरो जीवनकै मुख्य सपना पूरा भयो जस्तो लाग्छ। उहाँको त्यो भव्य व्यक्तित्वसँग आमने सामने भएर अभिनय गर्दा सुरुमा केही नर्भस भए पनि पछि सम्हालिएँ। उहाँ कत्ति व्यावसायिक कलाकार हुनुहुन्छ भन्ने पनि थाहा भयो। त्यो सौन्दर्य, त्यो चार्म, झल्झली धपक्कै बलेको जस्तो यौवन अहिले पनि कायम छ, मैले त्यही भएर पूर्ण रूपमा आफूलाई अभिनयमा ढालेर उहाँसागको पर्फेक्ट कपल बन्ने प्रयास गरे। करिश्मा मानन्धरलाई मैले एक वाक्यमा व्याख्या गर्दा उहाँ नेपाली चलचित्र उद्योगकी राम्री, नम्र र प्रोफेसनल कलाकार हुनुहुन्छ र करिश्मासँगको मेरो अभिनय मेरो जीवनकै अविस्मरणीय क्षण हो।

No comments:
Post a Comment