केही समयपहिले स्पेनमा नांगै जिम गर्न पाइने जिमखाना खुलेको खबर सुनिएको थियो । नग्नताको मामिलामा स्पेन निकै अगाडि रहेको मुलुक हो । तर अब स्पेनको यहीँ जिमखानाको लय समाउँदै अमेरिकामा एउटा योग प्रशिक्षण केन्द्र खुलेको छ ।
उक्त केन्द्रमा नांगै योगा सिकाउने गरिन्छ ।मानिसहरुलाई तनावबाट मुक्ति दिलाउने र स्वस्थ बनाउने नारासहित न्युयोर्कको ब्रुकलिनमा यस्तो योगा कक्षा सुरु हुन लागेको हो । तर यो योगा कक्षा केबल पुरुषहरुका लागि मात्र हुनेछ र त्यसमा महिलाहरुको प्रवेश बन्देज गरिएको छ । यो योगा कक्षामा तेश्रो लिंगीले पनि प्रवेश नपाउने योगा केन्द्र संचालक नेक्ड स्पेसले जनाएको छ ।
यस्तो नग्न योगा कक्षाले योगीहरुलाई आत्मस्विकृतिका गहिरो अनुभुति गराउने तथा नग्नताप्रति सहजता थपिदिने विश्वास योगा संचालकले गरेको छ । हरेक मंगलबार नग्न योगाका कक्षा संचालन गरिने र २० डलर शुल्क तिरेर त्यहाँ प्रवेश गर्न सकिने बताइएको छ ।
यस्तो योगा कक्षामा नांगै समावेश भएको बेला लिंग उत्तेजित भयो भने के गर्ने भन्ने विषयमा धेरैले प्रश्न उठाएपछि त्यसको जवाफ दिँदै योगा संचालक संस्थाले भनेको छ, ‘यदि त्यसो भयो भने तपाइँ खुसी हुनुहोस् की तपाइँको प्रजनन स्वास्थ्य ठीक रहेछ । तर त्यसो भन्दैमा आसपासमा अरु पनि मान्छे छन् भन्ने कुरा भन नभुल्नुहोला किनकी तपाइँले लिंग उत्तेजित गराइरहँदा योगामा सहभागी अरुलाई असर पर्नसक्छ ।’

No comments:
Post a Comment