Tuesday, March 20, 2012

दिन र रात बराबर


८ चैत, काठमाण्डौ । 
मार्च २१ पछि भने क्रमशः दिन लामो हुँदै जान्छ र रात छोँटो हुँदै जान्छ । 
आज मार्च २१ तारिख । अर्थात् आज दिन र रात बराबर हुने संयोग । वर्षको दुइ पटक मार्च २१ र सेप्टेम्बर २३ तारखेमा दिन र रात बराबर अर्थात् १२-१२ घण्टाको हुन्छ ।
मार्च २१ पछि भने क्रमशः दिन लामो हुँदै जान्छ र रात छोँटो हुँदै जान्छ । दिन लामो हुने क्रममा जुन २१ तारेखसम्म रहन्छ । २१ जुनमा भने सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हुन्छ ।
यसपछि पुनः दिनको समयावधि कम हुँदै सेप्टेम्बर २३ मा आजजस्तै दिन र रातको समय बराबर हुन्छ ।
पृथ्वीका आफ्नो कक्षमा साढे ६६ डिग्री ढल्किएको र अण्डाकार कक्षमा सूर्यलाई परिक्रमा गर्ने भएकाले दिन र रातको लम्बाइमा कहिले फरक आउने र कहिले बराबर हुने भएको खगोलशास्त्रीहरु बताउाछन् ।
२१ मार्च र २३ सेप्टेम्बरमा सूर्य पृथ्वीको भूमध्य रेखामा सिधा पर्ने भएकाले दिन र रात बराबर हुन्छ । २२ डिसेम्बरमा भने दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।

No comments:

Post a Comment