Monday, March 26, 2012

फेरी वड्यो पेट्रोलियम पदार्थको मुल्य

१४ चैत, काठमाण्डौ ।
 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम संचालक समितिको गएराती वसेको वैठकले आजैदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटि्टतेलको मुल्यमा प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको निगमका प्रवक्ता मुकुन्द ढंगेलले जानकारी दिनुभयो ।
मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैया  डिजेल र मटि्टतेल ८९ रुपैयाँ पर्नेछ ।
यस अघि पेट्रोलको भाउ प्रतिलिटर १ सय १६ रुपैया  तथा डिजेल र मटि्टतेलको प्रतिलिटर ८५ रुपैया  थियो । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि निगमलाई घाटा बढेको र आपुर्ति सहज बनाउन मुल्य बढाउनु परेको निगमले बताएको छ । मूल्य बढाउनु अघि निगमलाई मासिक एक अर्व ३३ करोड रुपैया घाटा रहेको ढुंगेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment