Sunday, March 25, 2012

पशु जस्तै जिन्दगी कति पिडादायी


१३ चैत, काठमाडौं । 
तत्कालिन सुरक्षा फौजको यातनाबाट मानसिक सन्तुलन गुमाएका डडेल्धुराका एक युवक पशुसँगै जीवन बिताइरहेका छन् । उपचारको अभावमा उनलाई अभिभावकले नै पशुसँगै डोरीले बाँधेर राखेका हुन् ।
डडेल्धुराको अजयमेरु गाविस व्यौराका २८ वर्षिय रघुनाथ भट्टलाई २० फागुन २०६१ मा धागढीस्थित एक होटलमा काम गरिरहेको अबस्थामा
सुरक्षा फौजले पक्राउ गरेको थियो । पक्राउ पछि दिएको चरम यातनाका कारण उनको मानसिक सन्तुलन गुमेको हो ।
औषधोपचा अभावले गर्दा पशुसँगै बाँधेर राख्नु परेको उनका बुबा राधेश्याम भट्टले भने । घरमा नयाँ मान्छे आउनानसाथ झम्टिहाल्ने भएकोले उनलाई बाँधेर राखिएको हो । ‘देश गएर छोराले कमाउला भनेको त उल्टै बुढेसकालमा यसको गोठालो बस्नु पर्‍यो’ उनका बुबाले भने ।
राधे श्यामका दोस्रो सन्तान पनि अपांगताको सिकार भएकोले पूरै परिवार विचल्लीमा परेको छ । 

No comments:

Post a Comment