खोटाङकी २७ वर्षीया सिता कार्कीले शनिबार राती छोरी जन्माएकी हुन् ।
ज्यान मुद्दामा पाँच वर्षदेखि जिल्ला कारागार मोरङमा रहेकी एक महिला कैदीले कारागार भित्रै बच्चा जन्माएकी छिन् ।
ज्यान मुद्दामा पाँच वर्षदेखि जिल्ला कारागार मोरङमा रहेकी एक महिला कैदीले कारागार भित्रै बच्चा जन्माएकी छिन् ।
महिला र पुरुष कैदीका लागि छुट्टाछुट्टै भवन रहेको, दुइ भवनका बीचमा ठूलो पर्खाल रहेको र महिला कारागरमा जान पुरुष कैदीलाई प्रतिबन्धित गरिएको अवस्थामा सीताले बच्चा जन्माएपछि सबै
आश्चर्यमा परेका छन् भने काराकार व्यवस्थापनमाथि प्रश्न उठेको छ ।कारागारभित्र कैदीले बच्चा जन्माएको बारे छानविन गर्न मोरङ जिल्ला प्रशासनले चार सदस्यीय छानविन समिति समेत गठन गरेको छ । प्रारम्भिक छानविनका क्रममा पुरुष कारागारको सरसफाइ विभागका नाइके दीपक परियारसँगको संसर्गबाट सीताले बच्चा जन्माएको तथ्य खुलेको श्रोतले बताएको छ । धरानका दीपक डाँका मुद्धा अन्तरगत जेलसजाय भोगिरहेका छन् ।
श्रोतका अनुसार दीपक सरसफाइका लागि हरेक दिन बिहान महिला कारागारभित्र जान्थे । दीपक र सीताले शौचालमा शारीरिक सम्बन्ध राख्दै आएको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । कारागार सुरक्षामा ससस्त्र प्रहरी र नेपाल प्रहरीका छुट्टै युनिट हुँदापनि यसरी कारागारभित्रै अवैध यौनसम्पर्क हुने घटनाले कारागार सुरक्षालाई चुनौति दिएको छ ।
सीता गर्भवती भएको थाहा हुँदाहुँदै पनि सुरक्षा निकायले चासो नदिएको बताइएको छ । सीता गर्भवती भएको पाँच महिनापछि नै कारागारमा यसबारेमा हल्ला चलेको थियो ।
No comments:
Post a Comment