Thursday, March 15, 2012

संसारकै होँचा र होँचीनै दाङमा


३ चैत, काठमाण्डौ ।  
 २० वर्षीया इश्वरीमाया छिनाललाई विश्वकै दोश्रो होँची महिला 
 दाङको चैलाही ३ घोडेबास निवासी २० वर्षीया इश्वरीमाया छिनाललाई विश्वकै दोश्रो होँची महिला भएको दाबी गरिएको छ । 
३० इन्च उचाइ र साढे ८ किलो चौल भएकी छिनाललाई विभिन्न मेला तथा
महोत्सवहरुमा प्रदर्शन गर्ने गरिएको छ ।

अहिलेसम्म गिनिज बुकमा भारतीकी ज्योति अम्गेको नाम विश्वकी होची महिलाको रुपमा लेखिएको छ । उनको उचाइ २४.७ इन्च छ । छिनाल दोश्रो होची भएको परिवारको दाबी छ । उनलाई घोराहीमा भएको तिनदिने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा पनि प्रदर्शन गरियो ।

त्यहाँ उनलाई हेर्न देशी विदेशीको भिड लागेको थियो । रुकुममा जन्मेकी छिनाल ०५५ देखि दाङमा बस्न थालेकी हुन् । चार भाइबहिनी मध्ये उनी जेठी हुन् । आमा धनकुमारी र बुवा सामान्य किसान रहेका आजको कान्तिपुर दैनिकले छापेको छ ।




No comments:

Post a Comment