काठमाण्डौ
भौतिक योजना तथा निर्माणमन्त्री हृदेश त्रिपाठीले सडक विस्तारलाई तिब्रता दिने क्रममा सडक मिचिएका संरचना भत्काउँदा कानुन बमोजिममात्र क्षतिपूर्ति दिइने स्पष्ट पार्नु भएको छ । तर कसैले माग्दैमा भने क्षतिपूर्ति दिन नसकिने मन्त्री त्रिपाठीको भनाई छ ।
संसदको विकास समितिको आइतवार सिंहदरवारमा बसेको बैठकमा मन्त्री त्रिपाठीले पूर्ववर्ती सरकारले तयार पारेको योजना, बजेट र निर्णयअनुसार आफूहरुले सडक विस्तार का
र्यलाई निरन्तरता दिएको वताउनु भयो ।कतिपय स्थानमा जनता आफैँले काठमाडौँ उपत्यकालाई सुन्दर र फराकिलो बनाउन सहयोग गरिरहेका र केही स्थानमा मात्रै अवरोध सिर्जना भएको स्पष्ट पार्दै उपत्यकामा मात्र नभइ मुलुकका अन्य सहरमासमेत यो अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment