काठमाडौं ।
“मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रंगाउने अथवा मिडियामा प्रचार गर्नु हुने सबैलाई विशेष धन्यबाद !!!!”
राज्यको ढुकुटीबाट सगरमाथा चढ्न लागेको भनेर सर्वत्र आलोचना भएपछि प्रचण्ड पुत्र प्रकाश दाहालले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हो यो । आफ्नो आलोचना भएकोमा उनलाई कुनै दुखेसो छैन् । उल्टै उनले पैसा थोरै भयो भन्ने गुनासो गरेका छन् । आफूहरुले तीन करोड माग गरेकोमा एक करोड कम भएको उनको प्रतिकृया छ ।
आफूहरु शान्ति र संविधानको लागि ‘बलिदान’ दिने हेतुले सगरमाथा जान लागेको, तर यस्तो महान उदेश्यको काममा समेत अरुले भाँजो हाल्न खोजेको उनको बुझाई छ ।
उनको कुरा सुन्दा लाग्छ, उनी सगरमाथा चढे भने मुलुकमा शान्ति र संविधानको काम पूरा हुन्छ, जुन काम हुन नदिन सबै एकजुट भएर लागेका छन् । अर्थात उनलाई सगरमाथा जान नदिन सबै बाटो छेकेर उभिएका छन् ।
शान्ति र संविधानको महान् उदेश्य राखेर सगरमाथा जाने मान्छेले त शुभकामना र बधाईको ओइरो थापेर भ्याईनभ्याई हुनुपर्ने हो । तर कम्रेड प्रकाश, तपाईंलाई त शुभकामना र बधाई भन्दा आलोचना गर्नेहरु धेरै भए । एकपटक आफ्नै फेसबुक पेज र बाहिरफेरको प्रतिकृया नियाल्नोस् त, दुनियाँले तपाईंलाई के भनिरहेको छ !
तपाईं आफ्नै सुरले सगरमाथा जान लागेको भए कसैले चासो र सरोकार राख्ने थिएनन् होला । तर तपाईं त राज्यको दुई करोड ढुकुटी बोकेर सगरमाथा चढ्दै हुनुहुन्छ । सगरमाथा चढेरै देशको नाम चिनाउन सफल भएका अरु आरोहीले नपाएको सुविधा तपाईंलाई किन ? तपाईं सगरमाथा चढेर के हुन्छ ? शक्तिशाली बाबुका छोरा भएको नाताले तपाईंले राज्यको ढुकुटी पाएजसरी अरुले यसैगरी सगरमाथा जान खोज्दा यस्तो सुविधा पाउने कि नपाउने ? यो जनताले उठाएको प्रश्न हो । अरुले मात्रै होइन, तपाईंकै पार्टीका अरु नेता कार्यकर्ताले समेत गरेको यो प्रश्न तपाईंले पनि सुन्नुभएको होला ? नसुने र नदेखे झैं गर्नुभएको भए फेसबुकमा लेखिएका केही स्टाटस हेर्नुहोस् ।
“हिमाल आरोहण र शान्तिको कामना गरेरै शान्ति र संविधान आउँथ्यो भने कामरेडहरुको माओवाद किन चाहियो ? मार्क्स्वादका ठेली किन घोट्न पर्यो ? परिवर्तनका लागि किन संघर्ष गर्नु पर्यो ? किन गर्नुपर्यो बलिदान ? किन बन्नुपर्यो सहिद ? कामरेडहरुको लावालस्करले हिमाल चढेर टुप्पाबाट खोजेको जस्तो संविधान मागे भैहाल्थ्यो ? परिवर्तनका लागि किन हुँदा हुन् विश्वमा ठूला ठूला क्रान्ति ? देश र जनतालाई ठग्नु, जनताका आँखामा छारो हाल्नु र लुट्नुकोपनि त हद हुन्छनी कामरेड !”
“व्यक्ति व्यक्तिलाई पैसा र पद बाँडेर समृद्ध बनाउने माओवादी रणनीति प्रभावकारी मान्नुपर्छ । जनताको गरिबी नसकाए पनि आफ्नो गरिबी सकाउन ढुकुटी त भर्नै पर्यो नि १ अब पैसा चाहिने पनि सर्वहारालाई त हो नि पुँजीपतीलाई हो र ?? !! साम्यवादी व्यवस्थामा सबैलाई समान हुनुपर्छ भनेर पो कमरेडहरुले पैसा बाँड्न थाल्या हुन् । अब पालो त पहिला आफ्नो सन्तानको त आउने हो । प्रचण्ड पुत्रले करोड पड्काए । बाबुराम पुत्रीले पद पड्काइन् । लडाकु कमरेड जिल्लाराम !! व्यक्ति व्यक्तिमा परिवर्तन ल्याउनु पनि महान क्रान्ति हो ।”
कम्रेड प्रकाश, तपाईं र तपाईंको बुबालाई आदर्श मान्नेहरुले समेत निराश भएर पोखेको अभिव्यक्ति हो यो । दुई करोड बोकेर सगरमाथा चढ्न खोज्ने तपाईंको हठको कारण अहिले तपाईंले भन्दा बढी आलोचना तपाईंको बुबा प्रचण्डले खेप्नुपरेको छ । तपाईंका आदरणीय नेता प्रधानमन्त्री डा. बाबुराम भट्टराई जवाफ माग्नेहरुसित उत्तर दिन नसक्ने अवस्थामा पुग्नुभएको छ ।
इमान्दार छोरा र कटिबद्ध पार्टी कार्यकर्ता भएपछि बुबा र पार्टी नेतृत्वलाई आलोचना हुनबाट जोगाउन सक्नुपर्छ । त्यो खुबी हुनुपर्छ । तपाईंभन्दा पछि राजनीति थालेकी र तपाईंले जति धेरै आलोचना नभोगेकी बाबुराम पुत्री मानुषीले त बुद्धि पुर्याईन् । त्रिभुवन विश्वविद्यालयको स्ववियु पदाधिकारी भएको नाताले नेपाल क्रिकेट संघ क्यानमा उनी सदस्य हुनु त्यति अस्वभाविक थिएन । तर आफ्नो नियुक्तिले बुबाको समेत आलोचना भयो भनेर उनले भोलिपल्टै राजिनामा गरिन् । हो इमान्दार सन्तान र पार्टी कार्यकर्ताले गर्ने यस्तै हो । अब तपाईं पनि इमान्दार भएर सगरमाथा चढ्ने ढिपी छोडेर देशको दुई करोड जोगाइदिए हुन्थ्यो भन्ने आशयका विचार पनि फेसबुक स्टाटसमा आउन थालेका छन् ।
“बाबुराम पुत्री मानुशीले क्रिकेट संघ (क्यान)मा नबस्ने घोषणा गरिन कमसेकम त्यो देखेरै भएनी प्रचन्ड पुत्र प्रकाशले पनि २ करोड नलिने घोषणा गरे हुने नि !!”
देश र जनताको लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुने तपाईंजस्ता क्रान्तिकारी युवाले सबैको भावना अनुसारको यति काम किन नगर्ने त ? तपाईं सगरमाथा नगएकै कारण राज्यको करिव ३ करोड रुपैंया (रोयल्टीसेमत जोडेर) जोगिन्छ भने यति त्याग गर्नुस् कम्रेड । यति गर्नुभयो भने तपाईंलाई आलोचना गर्नेहरुले फेरि स्याबासी दिन थाल्नेछन् । एकपटकलाई मात्रै भएपनि भट्टराईपुत्री बन्नुस् कम्रेड प्रकाश । पारस हुनभन्दा त मानुषी हुनु नै राम्रो नि हैन र ?
“मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रंगाउने अथवा मिडियामा प्रचार गर्नु हुने सबैलाई विशेष धन्यबाद !!!!”राज्यको ढुकुटीबाट सगरमाथा चढ्न लागेको भनेर सर्वत्र आलोचना भएपछि प्रचण्ड पुत्र प्रकाश दाहालले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हो यो । आफ्नो आलोचना भएकोमा उनलाई कुनै दुखेसो छैन् । उल्टै उनले पैसा थोरै भयो भन्ने गुनासो गरेका छन् । आफूहरुले तीन करोड माग गरेकोमा एक करोड कम भएको उनको प्रतिकृया छ ।
आफूहरु शान्ति र संविधानको लागि ‘बलिदान’ दिने हेतुले सगरमाथा जान लागेको, तर यस्तो महान उदेश्यको काममा समेत अरुले भाँजो हाल्न खोजेको उनको बुझाई छ ।
उनको कुरा सुन्दा लाग्छ, उनी सगरमाथा चढे भने मुलुकमा शान्ति र संविधानको काम पूरा हुन्छ, जुन काम हुन नदिन सबै एकजुट भएर लागेका छन् । अर्थात उनलाई सगरमाथा जान नदिन सबै बाटो छेकेर उभिएका छन् ।
शान्ति र संविधानको महान् उदेश्य राखेर सगरमाथा जाने मान्छेले त शुभकामना र बधाईको ओइरो थापेर भ्याईनभ्याई हुनुपर्ने हो । तर कम्रेड प्रकाश, तपाईंलाई त शुभकामना र बधाई भन्दा आलोचना गर्नेहरु धेरै भए । एकपटक आफ्नै फेसबुक पेज र बाहिरफेरको प्रतिकृया नियाल्नोस् त, दुनियाँले तपाईंलाई के भनिरहेको छ !
तपाईं आफ्नै सुरले सगरमाथा जान लागेको भए कसैले चासो र सरोकार राख्ने थिएनन् होला । तर तपाईं त राज्यको दुई करोड ढुकुटी बोकेर सगरमाथा चढ्दै हुनुहुन्छ । सगरमाथा चढेरै देशको नाम चिनाउन सफल भएका अरु आरोहीले नपाएको सुविधा तपाईंलाई किन ? तपाईं सगरमाथा चढेर के हुन्छ ? शक्तिशाली बाबुका छोरा भएको नाताले तपाईंले राज्यको ढुकुटी पाएजसरी अरुले यसैगरी सगरमाथा जान खोज्दा यस्तो सुविधा पाउने कि नपाउने ? यो जनताले उठाएको प्रश्न हो । अरुले मात्रै होइन, तपाईंकै पार्टीका अरु नेता कार्यकर्ताले समेत गरेको यो प्रश्न तपाईंले पनि सुन्नुभएको होला ? नसुने र नदेखे झैं गर्नुभएको भए फेसबुकमा लेखिएका केही स्टाटस हेर्नुहोस् ।
“हिमाल आरोहण र शान्तिको कामना गरेरै शान्ति र संविधान आउँथ्यो भने कामरेडहरुको माओवाद किन चाहियो ? मार्क्स्वादका ठेली किन घोट्न पर्यो ? परिवर्तनका लागि किन संघर्ष गर्नु पर्यो ? किन गर्नुपर्यो बलिदान ? किन बन्नुपर्यो सहिद ? कामरेडहरुको लावालस्करले हिमाल चढेर टुप्पाबाट खोजेको जस्तो संविधान मागे भैहाल्थ्यो ? परिवर्तनका लागि किन हुँदा हुन् विश्वमा ठूला ठूला क्रान्ति ? देश र जनतालाई ठग्नु, जनताका आँखामा छारो हाल्नु र लुट्नुकोपनि त हद हुन्छनी कामरेड !”
“व्यक्ति व्यक्तिलाई पैसा र पद बाँडेर समृद्ध बनाउने माओवादी रणनीति प्रभावकारी मान्नुपर्छ । जनताको गरिबी नसकाए पनि आफ्नो गरिबी सकाउन ढुकुटी त भर्नै पर्यो नि १ अब पैसा चाहिने पनि सर्वहारालाई त हो नि पुँजीपतीलाई हो र ?? !! साम्यवादी व्यवस्थामा सबैलाई समान हुनुपर्छ भनेर पो कमरेडहरुले पैसा बाँड्न थाल्या हुन् । अब पालो त पहिला आफ्नो सन्तानको त आउने हो । प्रचण्ड पुत्रले करोड पड्काए । बाबुराम पुत्रीले पद पड्काइन् । लडाकु कमरेड जिल्लाराम !! व्यक्ति व्यक्तिमा परिवर्तन ल्याउनु पनि महान क्रान्ति हो ।”
कम्रेड प्रकाश, तपाईं र तपाईंको बुबालाई आदर्श मान्नेहरुले समेत निराश भएर पोखेको अभिव्यक्ति हो यो । दुई करोड बोकेर सगरमाथा चढ्न खोज्ने तपाईंको हठको कारण अहिले तपाईंले भन्दा बढी आलोचना तपाईंको बुबा प्रचण्डले खेप्नुपरेको छ । तपाईंका आदरणीय नेता प्रधानमन्त्री डा. बाबुराम भट्टराई जवाफ माग्नेहरुसित उत्तर दिन नसक्ने अवस्थामा पुग्नुभएको छ ।
इमान्दार छोरा र कटिबद्ध पार्टी कार्यकर्ता भएपछि बुबा र पार्टी नेतृत्वलाई आलोचना हुनबाट जोगाउन सक्नुपर्छ । त्यो खुबी हुनुपर्छ । तपाईंभन्दा पछि राजनीति थालेकी र तपाईंले जति धेरै आलोचना नभोगेकी बाबुराम पुत्री मानुषीले त बुद्धि पुर्याईन् । त्रिभुवन विश्वविद्यालयको स्ववियु पदाधिकारी भएको नाताले नेपाल क्रिकेट संघ क्यानमा उनी सदस्य हुनु त्यति अस्वभाविक थिएन । तर आफ्नो नियुक्तिले बुबाको समेत आलोचना भयो भनेर उनले भोलिपल्टै राजिनामा गरिन् । हो इमान्दार सन्तान र पार्टी कार्यकर्ताले गर्ने यस्तै हो । अब तपाईं पनि इमान्दार भएर सगरमाथा चढ्ने ढिपी छोडेर देशको दुई करोड जोगाइदिए हुन्थ्यो भन्ने आशयका विचार पनि फेसबुक स्टाटसमा आउन थालेका छन् ।
“बाबुराम पुत्री मानुशीले क्रिकेट संघ (क्यान)मा नबस्ने घोषणा गरिन कमसेकम त्यो देखेरै भएनी प्रचन्ड पुत्र प्रकाशले पनि २ करोड नलिने घोषणा गरे हुने नि !!”
देश र जनताको लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुने तपाईंजस्ता क्रान्तिकारी युवाले सबैको भावना अनुसारको यति काम किन नगर्ने त ? तपाईं सगरमाथा नगएकै कारण राज्यको करिव ३ करोड रुपैंया (रोयल्टीसेमत जोडेर) जोगिन्छ भने यति त्याग गर्नुस् कम्रेड । यति गर्नुभयो भने तपाईंलाई आलोचना गर्नेहरुले फेरि स्याबासी दिन थाल्नेछन् । एकपटकलाई मात्रै भएपनि भट्टराईपुत्री बन्नुस् कम्रेड प्रकाश । पारस हुनभन्दा त मानुषी हुनु नै राम्रो नि हैन र ?
No comments:
Post a Comment