Friday, March 2, 2012

उडिरहेको प्लेनमै यौन ................


उडिरहेको  प्लेनमै  यौन ...........
सोलिसिटर एकनारायण शर्माका अनुसार यस्तो मुद्दामा सामान्यतः जुन देशमाथि प्लेन उडिरहेको हुन्छ, त्यही देशको कानुनअनुसार सजाय हुन्छ। शर्माले भने- दुवै जना हङकङ आइडी लिएका व्यक्ति हुन् भने हङकङको कानुनअनुसार मुद्दा चल्छ।

कुरा के भने  काठमाडौँबाट हङकङ उडिरहेको ड्रागन एयरमा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक नेपालीलाई हङकङ विमानस्थलबाट गिरफ्तार गरेको छ। सँगै यात्रा गरिरहेकी नेपाली महिलाले यौन दुर्व्यवहार गरेको उजुरी गरेपछि बिहीबार बिहान उनलाई गिर
फ्तार गरिएको हो। ती ५५ वर्षीय व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ड्रागन एयरका अनुसार बिहीबार बिहान ५:४० बजे २४ वर्षकी महिलाले सँगै यात्रा गरिरहेका पुरुषले आफूमाथि यौन आक्रमण गरेको प्लेनका कर्मचारीलाई उजुरी गरेकी थिइन्। हङकङबाट प्रकाशित द स्ट्याण्डर्ड दैनिकका अनुसार केए १९१ नम्बरको प्लेन बिहान ६ बजे हङकङ विमानस्थलमा उत्रिएलगत्तै पाइलटले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई गिरफ्तार गरेको हो। 

हिरासतमा रहेका आरोपी व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीको विमानस्थल अपराध अनुसन्धान युनिटले जनाएको छ। प्रहरीले आरोपीको नाम र उनीहरू हङकङका बासिन्दा हुन् वा अन्त कतै जाँदै थिए भन्ने खुलाएको छैन। हङकङस्थित वाणिज्य दूत किरण शाक्यका अनुसार प्रहरीले दूतावासलाई पनि यसबारे जानकारी दिएको छैन। 

No comments:

Post a Comment