नायिका सञ्चिता लुइँटेल चाँडै नै दोस्रो बच्चाको आमा बन्ने भएकि छिन्। पत्याउन गाह्रो भयो होला, तर यो सत्य समाचार नै हो। सुन्दा सबैलाई अचम्म भने लाग्छ, केही समयअघि मात्र छोराकी आमा भएकी सञ्चिता यति चाँडै गर्भवती भइन्भन्दा। पारिवारिक स्रोतका अनुसार उनी हाल चौथो महिनाको गर्भ बोकिरहेकी छिन्। उनको पहिलो सन्तान छोरा भोलि ७ महिना पूरा हुँदैछन्।
केही दिन अघि एउटा सलुन उद्घाटनमा पुगेकी सञ्चिताको पेट देख्नेहरूले पनि उनी फेरि कतै आमा त बन्दै छैनन् भनेर शंका गरेका थिए। सञ्चिताले निकटस्थहरूलाई समेत गर्भ रहेको छनक दिइनन्। साप्ताहिकसँगको कुराकानीमा पनि हाँसेर त्यो विषयलाई उनले टार्ने प्रयास गरिन्, अन्ततः उनले गोप्य राख्न चाहेको यो कुरा फुस्किहाल्यो। प्रायः मुम्बई बस्दै आएका सञ्चिता श्रीमान् निखिल बेलाबखत मात्र नेपाल आउँछन्, त्यही क्रममा गर्भ बसेको सञ्चिताले थाहै पाइनछिन्। पछि चिकित्सक कहाँ जाँदा गर्भ रहेको थाहा पाएपछि उनले फेरि आमा बन्ने बाटो नै रोजेको पारिवारिक स्रोतले बतायो। अचम्म त के भने डाक्टरले उनको पहिलो सन्तान जन्मिएको अगस्त १० तारिखमै दोस्रो बच्चा हुने 'डेट' दिएका छन्।

No comments:
Post a Comment