ल हेर्नुस् कुकुरमाथीको अन्यया
बुल्गेरियाको ब्रोदिलोवो शहरमा कुकुरमाथि ठूलै अत्याचार हुन्छ । बसन्त ऋतुमा उक्त सहरमा यस्तो पर्व मनाइन्छ जसमा कुकुरमाथि निकै भयानक यातना दिइन्छ । यस्तो प्रथा जहाँ कुकुरमाथि अपराध हुन्छ, त्यसको वन्यजन्तु अधिकारकर्मीहरुले विरोध गर्दै आएका छन् ।बहुलाहा कुकुरले टोकेर लाग्ने रोग रेबिजबाट बच्नको लागि भन्दै सय वर्ष भन्दा अघिदेखि यस्तो प्रथा चल्दै आएको छ । जसमा एउटा कुकुरलाई नदिमाथि पर्नेगरी ठूलो खाँबोमा रसीले झुण्डाइन्छ र जोडसाथ घुमाइन्छ । यसले जोडसँग घुमाउँदा उक्त कुकुर रसीबाट फुस्किएर नदिमा खस्छ । नदिमा खसेपछि कुकुर पौडिएर किनारामा निस्किन्छ ।
तर केही कुकुर भने नदिमा पौडिन नसकेर नदिले नै बगाउँछ र बेपत्ता हुन्छन् ।जनावर अधिकारकर्मीको विरोधपछि केही वर्षअघिबाट सरकारले उक्त पर्वमा रोक लगाएको भएपनि स्थानीय बासिन्दाहरु भने आफ्नो प्रथा मान्न छाडेका छैनन् र प्रशासनले पनि उक्त पर्वमाथि हस्तक्षेप गर्ने हिम्मत गरेको छैन । तर यो वर्ष भने सोफिया नामको एक संगठनका कार्यकर्ताले कुकुरलाई यातना दिने नदि किनारामा गस्ती गरेर कुकुरलाई यातना दिनबाट रोक लगाए । तर स्थानीय नगरपालिकाका प्रवक्ताले भने सयौँ वर्ष पूरानो प्रथालाई तत्काल अन्त्य गर्न नसकिने बताउँछन् ।
हेर्दा हेर्दै कुकुरमाथी पनि कुरुती, कहिले सुमती आउला संसारमा!
No comments:
Post a Comment