Sunday, March 11, 2012

सिलिम बन्दै गोविन्दा

मुम्बई, फागुन २८ (एजेन्सी)
अफ्नो नयाँ चलचित्र अवतारका लागि गोविन्दाले २० किलो तौल घटाएका छन्।


 निर्माता निर्देशक पहलाज निहलानीको यस चलचित्रको मुहुर्तमा गोविन्दाको जिउडाल निकै ठिक देखिएको थियो। यस सम्बन्धमा गोविन्दासँग जिज्ञासा राख्दा उनले आफूले २० किलो तौल घटाएको बताए। घरमा बसेका कारण उनको तौल सय किलोभन्दा बढी भइसकेको थियो।  

तौल बढेकै कारण उनलाई चलचित्रमा काम गर्न अप्ठेरो भइरहेको थियो। तर तौल कम भएपछि भने उनलाई पहलाज निहलानीले लिएका छन्। यिनै पहलाज निहलानीले चलचित्र इल्जामबाट गोविन्दाको इन्ट्री बलिउडमा गराएका थिए।



त्यो चलचित्र सुपरहिट भएको थियो।

No comments:

Post a Comment