बलिउड अभिनेत्री प्रियंका चोपडा अकुत सम्पत्ति लुकाएको आरोपमा विवादमा तानिएकी छिन् । चोपडाले लुकाइछिपाइ राखेको नगद, जिन्सी तथा गरगहना फेला परेपछि उनी विवादमा परेकी हुन् ।अघिल्लो वर्ष आयकर विमागले चोपडाको मुम्बइको लोखडवालास्थित एक लकर खोल्दा ठूलो परिमाणमा नगद तथा महंगा गहना फेला परेका थिए । श्रोतका अनुसार विभागले अहिलेसम्म चोपडाका २-३ वटा लकर तथा उनकी आमा मधु चोपडाको एक लकरमा खानतलासी गरिसकेको छ ।
चोपडाका अझ अरु केही लकर रहेको र त्यसमा अझै अकुत सम्पत्ति रहेको हुनसक्ने अधिकारीहरुको भनाइ छ ।आयकर विभागले अहिलेसम्म गरेको अनुसन्धानबाट चोपडाका क्लासिक अपार्टमेन्टमा ५ वटा फ्लाट, एक पेन्ट हाउसका अलवा अरु तीन फ्लाट फेला परिसकेका छन् । अहिलेसम्म चोपडाको ६ करोड भारुको अवैध सम्पत्तिको जानकारी प्राप्त भैसकेको अधिकारीहरु बताउँछन् । चोपडाको अवैध सम्पत्ति अझै बढिपनि हुनसक्ने आशंका गरिएको छ ।
आयकर विभागले चोपडासँग अवैध सम्पत्ति रहेको सुराकीका आधारमा लामो समयदेखि उनी र उनका साथीहरुबीचको टेलिफोन सम्वादको निरिक्षण गरिरहेको थियो । चोपडाले कर छली गर्न ठूलो परिमाणमा अवैध सम्पत्ति लुकाएको फेला परेपछि उनीमाथि कस्तो कारवाही हुनेहो त्यो भने हेर्न बाँकी छ । यो काण्डले चोपडाको करिअरमा पनि धक्का लाग्ने पक्का छ ।
No comments:
Post a Comment