सुन्दरता वा कामुकता भन्ने बित्तिकै धेरैले तरुनी युवतीहरुको अनुहार सम्झिन्छन
कामुकता वा सेक्सीपना केवल महिलाको मात्र विशेषता होइन, यो पुरुषको पनि गुण हो । खासमा पुरुषको सेक्सीपनाको अनुभुति महिलाले बढि गर्छन् ।
विश्वमा कुन देशका महिला बढि सुन्दर होलान् भन्नेबारेमा धेरै प्रकारका अध्ययन अनुगमन भएपनि कामुक पुरुषले धनी देश वा सहरहरुको बारेमा पनि सुनिएको थिएन । तर हालै एक गरिएको एउटा अध्ययनले
सेक्सी पुरुष भएका विश्वका टप टेन सहरहरुको नामावली सार्वजनिक गरेको छ ।अध्ययनले विश्वमा सबैभन्दा सेक्सी तथा सुन्दर पुरुष भएको सहर स्विडेनको स्टकहोम हो । ह्यान्डी ट्राभलर्स गाइडका अनुसार अरु प्राकृतिक सुन्दरताको साथै स्टकहोम सेक्सी पुरुषहरुको पनि खानी भएकाले उक्त सहर महिला भ्रमणकारीको लागि निकै उत्कृष्ट गन्तव्य बन्नसक्छ । स्विडेनका सेक्सी पुरुषको कुरा टीभी सिरियलका अभिनेता अलेक्जेन्डर स्कारगार्ड तथा फुटबलर प|mेन्डी जुंगवर्ग अब्बल ठहरिएका छन् ।
सेक्सी पुरुष भएको सहरको दोश्रो स्थानमा अमेरिकाको न्युयोर्क परेको छ । त्यस्तै तेश्रो स्थानमा नेदरल्याण्डको एम्स्टर्डम, चौथो स्थानमा पोर्चुगलको लिसबन तथा पाँचौँ स्थानमा अर्जेन्टिनाको ब्युनर्स आयर्स परेका छन् ।सेक्सी पुरुषका धनी सहरहरुको छैटौँ स्थानमा अस्ट्रेलियाको सिड्नी, सातौँ स्थानमा स्पेनको म्याडि्रड, आठौँ स्थानमा जर्मनीको बर्लिन, नवौँ स्थानमा इटालीको मिलान तथा दशौँ स्थानमा इजरायलको तेल अभिभ परेका छन् ।

No comments:
Post a Comment