२३ बैशाख
अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो
कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो गएको छ । हिम पहिरोपछि सेती नदीमा आएको बाढीमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ भ
सेती नदीमा पानीको बहाव बढेका कारण उक्त पानी पोखरा बजारमा आउने खतरा बढेको प्रहरीले जनाएको छ । सेती नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रम अहिले पनि जारी छ ।
घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियवासीहरुको पहलमा उद्दार कार्य जारी छ । नेपाली सेनाको लन्चरसहितको २ र मुक्ति एयरलाइन्सको हेलिकोप्टर उद्धारमा जुटेको छ । सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीका अनुसार सेनाको टोली उद्धार कार्यमा जुटेको छ ।
बाढी आउँदैछ भन्ने कसरी थाहा भयो ?
सेती नदीमा बाढी नआउँदै पोखराका बासिन्दाल लौ बाढी आउँदैछ भनेर अत्तालिए । यता र उता भागदौड र हारगुहार गरे । सबै चनाखो बने । नदी आसपासमा रहेका बासिन्दा सुरक्षित ठाउँतिर दौडिए । आखिर सेतीमा बाढी आउँदैछ भन्नेे कुरा कसरी थाहा भयो होला त ?
पोखरा विमानस्थल कार्यालयका बरिष्ठ अधिकृत अनुप जोशीका अनुसार पोखरातर्फ आउँदै गरेको जहाजले माछापुच्छ्रे हिमालको फेदीबाट हिमनदी बगेको र त्यो सेती नदीमा बाढीको रुपमा अघि बढ्दै गरेको खबर गरे । त्यसपछि विमानस्थल कार्यालयले सञ्चारमाध्यमलाई खबर गरेपछि मात्रै यसबारे अगि्रम जानकारी भएको हो । ठूलो आवाज र रुख तथा काठपात बगाउँदै बगेको बाढीमा पानी भन्दा बढी लेदो र माटो देखिएको छ ।
प्रधानमन्त्री चासो
प्रधानमन्त्री डा. वावुराम भट्टराईले अन्नपूर्ण हिम श्रृंखलामा गएको हिमपहिरोमा परेकाहरुको उद्धारमा कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । भट्टराईले सरकारका मुख्य सचिव, गृहसचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुलाई क्षति रोक्न र उद्धारमा कुनै अभाव हुन नदिन निर्देशन दिनु भएको हो । भट्टराईले हेलिकप्टर सहितको उद्धार टोली पोखरा तत्काल पठाउन गृहमन्त्रालयलाई निर्देशन दिनुभएको छ । उहाँ अहिले पनि निरन्तर स्थानीय प्रशासनका अधिकारीहरुको सम्पर्कमा रहनु भएका बालुवाटार श्रोतले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि हेलिकप्टर र उद्धार टोली पोखरा पुगेको छ ।
अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो
कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो गएको छ । हिम पहिरोपछि सेती नदीमा आएको बाढीमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ भ
![]() |
| Photo by onlinekhabar.com |
प्रधानमन्त्री चासो
प्रधानमन्त्री डा. वावुराम भट्टराईले अन्नपूर्ण हिम श्रृंखलामा गएको हिमपहिरोमा परेकाहरुको उद्धारमा कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । भट्टराईले सरकारका मुख्य सचिव, गृहसचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुलाई क्षति रोक्न र उद्धारमा कुनै अभाव हुन नदिन निर्देशन दिनु भएको हो । भट्टराईले हेलिकप्टर सहितको उद्धार टोली पोखरा तत्काल पठाउन गृहमन्त्रालयलाई निर्देशन दिनुभएको छ । उहाँ अहिले पनि निरन्तर स्थानीय प्रशासनका अधिकारीहरुको सम्पर्कमा रहनु भएका बालुवाटार श्रोतले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि हेलिकप्टर र उद्धार टोली पोखरा पुगेको छ ।

nice
ReplyDelete