Wednesday, May 23, 2012

"मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ"

"मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ" डा. भोला रिजालको रचना यो गीत आज भोली विभिन्न संचार माध्यम मा गुन्जिन्छन र समय सापेक्छ   पनि छ। वास्तबमा आज देश संकटमा छ। अब सबै नेपालीहरुले सोच्ने बेला आएको छ । केही राष्ट्रको लागि गर्ने समय आएको छ। केही बोल्ने बेला आएको छ, सोचौ, जागौ , जुटौ, एकतामा शक्ती हुन्छ। समयको काम,कुरा समयमै गर्नु पर्छ।
सदियौ देखिको एकता आज

टुट्न खोज्दै छ। यो सबै हामी नेपाली को बहुलाठी पनाले हो। अब हामी सचेत हुनै पर्छ होइन भने नेपाल जातीय युद्धमा फ्स्ने सम्भावना प्रबल छ। जातिय युद्धले हामीलाई खरानी बनाउछ। हामी शान्ती भुमी बाट युद्ध भुमी मा परिवर्तन हुन्छौ। यो सारा नेपालीको लागि एकदमै नराम्रो कुरा हो। हाम्रो जातिय सद्भभाब खलबल हुन्छ।
अब सारा राष्ट्रबादी नेपालीले मनै देखी केही राष्ट्रियताका कुरा गर्नु पर्छ। अब अरु को भरमा पर्नु भनेको एकदमै नराम्रो हो। सोचौ, केही गरौ, यो सम्पूर्ण सामाजिक सन्जालमा आबद्धहरुको लागि हाम्रो सचेतना अभियान सफल पार्नको लागि आव्हन हो।      परेला डट कम

No comments:

Post a Comment