Saturday, May 26, 2012

भोलिको सुर्य कस्तो उदाउछ?? संबिधान जारी गर्न ३० ................

भोलिको सुर्य कस्तो उदाउछ??
संबिधान जारी गर्न ३० दिन बाँकी, २९ दिन बाकी, २८ दिन बाँकी ......................
भन्दा भन्दै, आज २ दिन बाँकी भईसक्यो अब भोली त्यो १ दिन मा झर्छ। अनी संबिधान जारी होइन कर्फ्यु जारी हुन्छ। नेपालीको रगत पसिनाको मुल्य आझसम्म कसैले प्राप्त गर्न सकेनन्। अब त केही हुन्छ भन्दा भन्दै औंला भाची दिन गन्दा गन्दै नेपालीले ४ बर्ष बिताइसके संबिधानको आशामा तर संबिधान आएन। लाग्छ संबिधान लजाइसक्यो अब आउँदैन। लाजले मुन्टो ढालेर आएको संबिधान ले के दिन्छ??
त्यसको के आशा गर्ने?? आशाको सानो त्यन्द्रो त्यो पनि छुटेर गैसक्यो। गासिएला नगासिएला कसैले भन्न सक्दैन। नेपाली नेपालीहुनुको पिडाले मर्माहत छ। सहि समयमा सहि नतिजा निकाल्न नसक्ने लाचार राष्ट्रियता बोकेका राष्ट्रघातीहरुको पेवा भयो राष्ट्र। त्यही राष्ट्रघातीहरुको जनता भएर बाच्नुपर्ने नेपालीको बाध्यता भएको छ। जती पिडा जनतालाई छ त्यती राष्ट्रलाई पनि छ। तेसैले त आज दिन रोयो अब रात रुन्छ। राष्ट्रको बेहाल हुन्छ। यो हामीले कल्पना सम्म गरेका छैनौ। आसुमा डुबेर राष्ट्र केही नदेख्ने भएको छ। आफ्नै राज्यको आगनमा अलपत्र राष्ट्र बामे सर्न लागेको बालक झै निरिह छ। गद्धिसम्म जानेबाटो देख्दैन राष्ट्र। आफ्ना सन्तानहरुले खनेको खाल्टोमा दबिएको छ राष्ट्र। माथिबाट सन्तानहरुले खोजेको टुलुटुलु हेर्न बिबश छ राष्ट्र, बोल्न सक्दैन यो, बचन बसेको छ राष्ट्रको। लाग्छ अन्तिम श्वास लिदै छ। अब मर्छ, गलेर झर्छ, अब बसाइ सर्छ, नेपालीको माया मार्छ। हामी अब राष्ट्रबिहिन हुदै छौ । हामी अब अनाथ हुन्छौ, छिमेकिले हेप्छन्, हाम्रा बारीका सिमाना चेप्छन्। हामी हेरेर बस्न बिबश हुन्छौ। तेही चोटले होला आकाश आज दिनभरी रोयो, अब नेपालीले हेर्नेछन् भोलिको सुर्य कस्तो उदाउछ??? कसरी उदाउछ???

No comments:

Post a Comment