Wednesday, May 30, 2012

स्वीमिङ पूलमा रेखाको जवानी[फोटो फिचर ]

नायिका रेखा थापाको जीवनमा आधारित चलचित्र ‘जाउँ हिँड पोखरा’को छायांकन टोली पोखरा पुगेको छ । एक हप्ता काठमाडौंमा छायांकन सकेर चलचित्रको युनिट पोखरा पुगेको हो । पोखरालाई नै शीर्षक बनाएर नाम राखिएको यो सिनेमाको युनिट बुधबार बिहानै पोखरा पुगी छायांकनमा लागेको छ ।


अब तीनसाता जति पोखरामा नै रहने निर्देशक शोभित बस्नेतले बताएका छन् । शोभितको महत्वाकाँक्षी रुपमा रहेको यो चलचित्रमा रेखा थापा नायिकाको रुपमा रहेकी छिन् । उनलाई नायक जीवन लुईटेलले साथ दिएका छन् ।


पोखरापछि सर्लाही लगायतका स्थानमा छायांकन गरिने बुझिएको छ । यही सिनेमाका लागि नायिका रेखा थापालाई शोभितले ५ लाख तिरेका थिए ।

यसैबीच नायिका रेखा थापालाई फिचर गरी एक गीतको छायाँकन यो युनिटले पोखरा जानु अघि नै सकेको छ । जहाँ रेखाको जवानी स्वीमिङ पूलमा छचल्किएको छ । रेखाका साथमा केही कोरसहरु पनि लोभलाग्दा देखिएका छन् ।



No comments:

Post a Comment