क्रिकेटर सचिन तेन्दुलकरपछि अब बलिउड अभिनेता आमिर खानलाई पनि अब भारतीय माथिल्लो संसद राज्य सभामा देख्न पाइने भएको छ । यद्यपि सचिन र आमिरको राज्यसभामा भूमिका भने पृथक रहनेछ ।
सचिन तेन्दुलकर सांसदको रुपमा राज्यसभामा उपस्थित छन् भने आमिर एक वक्ताको रुपमा मात्र संसदमा उपस्थित हुने भएका हुन् ।
आउदो बिहिबार आमिरले राज्यसभामा उपस्थित भएर भाषण गर्नेछन् ।
यो सँगै आमिर राज्यसभाको सदस्य नभैकन सभामा भाषण गर्न पाउने पहिलो व्यक्ति समेत बन्नेछन् । वास्तवमा आमिर आफै राज्यसभामा जान लागेको नभै संसदीय आयोगको निमन्त्रणामा त्यहाँ जान लागेका हुन् ।
संसदको वाणिज्य समितिका प्रमुख तथा राज्य सभामा जनता पार्टीका सांसद शान्ता कुमारले आमिर खानलाई निम्तो दिएका थिए । आमिरले संसदमा देशको स्वास्थ्य क्षेत्रको खराब स्थितिका विषयमा प्रवचन दिने बताइएको छ ।
स्मरण रहोस् टेलिभिजन कार्यक्रम सत्यमेव जयतेमा आमिरले पछिल्लो समय भारतको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न विकृति विसंगतीको बारेमा पर्दाफास गर्दै आएका छन् । ४७ वर्षका आमिरको उक्त टेलिभिजन कार्यक्रमबाट स्वास्थ्य क्षेत्रका माफियाहरु बेखुस तथा त्रसित भएका भएपनि सांसदहरु भने निकै प्रभावित भएका र उनको भाषण सुन्न आतुर रहेका बताइएको छ ।

No comments:
Post a Comment