सिनेमामा अश्लिल र भद्दा यौन दृष्य राखेर रातारात मालामाल हुने सपना
देखेका नेपाली सिनेमाका निर्माता निर्देशकलाई एउटा दुःखको खवर छ । प्रायः
राजनीतिक मामिलामा संलग्न शिव सेना नेपाल पार्टीले सिनेमामा सेक्स बेच्ने
निर्माता निर्देशकलाई रातो बत्ति बालिदिएको छ ।
शिव सेना नेपालका संयोजक अनिल वस्नेतको नाममा आएको प्रेस विज्ञप्तिमा भनिएको छ-’अश्लिल र नेपाली कला संकृति विगार्ने खालका सिनेमा निर्माण तथा प्रदर्शन नगरीदिनुहुन अनुरोध गर्दछौ । यस्ता सिनेमा प्रदर्शन गरेमा त्यसवाट हुने क्षतीको सम्पुर्ण जिम्मा स्वयंम चलचित्रकर्मीहरुले नै लिनुपर्दछ ।’
यस्ता सिनेमा बनाउनेहरुलाई कस्तो कारवाही गर्ने भनेर उसले केही पनि भनेको छैन तर क्षतीको सम्पूर्ण जिम्मेवार हुनुपर्ने भन्दै धम्कीको भाषामा सिनेकर्मीलाई चेतावनी भने दिएको छ ।
लुट र चपली हाइटजस्ता सेक्स हावी भएका चलचित्र चलेपछि अहिले नेपाली सिनेमा उद्योगमा सेक्समात्र बिक्ने रहेछ भन्दै धेरै निर्माताले यस्तै बिषयवस्तु भएका चलचित्र बनाइरहेका छन् । तर यौनलाई ग्लामर अर्थात कलाको रुपमा देखाउनुको सट्टा सुन्न र हेर्नसमेत नसकिने अश्लिल र भद्दा दृष्य राखिंदा त्यस्ता सिनेमाहरु सिनेमाभन्दा बेश्यालयका दृष्यजस्ता देखिन थालेका छन् ।

No comments:
Post a Comment