Thursday, June 28, 2012

पहिरोमा एकै परिवारका ४ जना सहित ७ जनाको मृत्यु

तनहुँ, असार १५ – बिहीबार बेलुका परेको अबिरल वर्षाका कारण घर भत्किदाँ तनहुँको जामुनेमा ७ जनाको मृत्यु भएको छ । जामुने १ ट्याक्कीडाँडाका साइ बहादुर विकको घर भत्किँदा एकै परिवारका ४ जना सहित ७ जनाको मृत्यु
भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पहिरोमा पुरिएर साइबहादुरकी श्रीमती, दुई छोरी, बहिनी, र अन्य तीनजा छिमेकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

साइबहादुर बैदेशिक रोजगारीका क्रममा भारतमा छन्। शुक्रबार बिहान करिब ४ बजेको समयमा गएको पहिरोमा पुरिएकाहरुको स्थानीय बासिन्दा र प्रहरीले शव निकालेको तनहुँका प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment