Saturday, June 30, 2012

फुटपछिको पहिलो भेट भट्टराई र वैद्य


पार्टी बिभाजनपछि पहिलोपटक प्रधानमन्त्री एवं एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’वीच भेटवार्ता भएको छ ।
बैद्यलाई भेट्न प्रधानमन्त्री डा. भट्टराई बैद्य निवास गोंगबु पुग्नुभएको थियो ।
भेटमा भट्टराईले पार्टी फुट्नु दुखद घटना भन्दै पार्टी फेरि एक हुने वातावारण बनाउन बैद्यलाई आग्रह गर्नुभएको थियो । मुख्य राजनीतिक दलहरुवीच सहमतिका आधारमा अहिलेको संकट समाधान गर्नुपर्ने भन्दै भट्टराईले पार्टी फुटेपनि राष्ट्रिय मुद्दामा सहकार्य गरेर अघि बढ्न वैद्यलाई प्रस्ताव गर्नुभएको थियो ।
राती साढे आठ बजेदेखि सुरु भेटवार्ता करिव एक घण्टा चलेको थियो । जवाफमा बैद्यले जनपक्षीय र अग्रगामी एजेण्डामा सहकार्य हुन सक्ने भन्दै आफ्नो पार्टीको अडानमा तत्कालै परिवर्तन नहुने बताउनुभएको थियो ।
यसअघि साँझ प्रधानमन्त्रीले मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग वालुवाटारमा छलफल गर्नुभएको थियो ।

No comments:

Post a Comment