एक नयाँ अनुसन्धानले धूमपान गर्ने गर्भवती महिलामा भ्रूणको विकाश निकै सुस्त हुने गरेको देखाएको छ ।
फ्रान्समा गरिएको अध्ययनले धूमपानका कारण गर्भमा रहेको बच्चाको वृद्धि र विकाशमा नराम्रो असर पुग्ने तथ्य पत्ता लगाएको हो ।
अनुसन्धानका क्रममा उनीहरुले कृत्रिम गर्भाधानका बेला गर्भाधान भैसकेपछिका अण्डाहरुको विकाशको निरन्तर अध्ययन गरेका थिए । त्यसक्रममा धूमपान गर्ने महिलाको सरीरबाट लिइएका डिम्बबाट तयार पारिएको भ्रुणको विकाश धूमपान नगर्ने महिलाको डिम्बको भ्रुणबाट ढिलो भएको पाइयो ।
यो अनुसनधानको नतिजालाई आधार मान्दै सोधकर्ताहरुले भनेका छन् की, ‘यदि तपाइँ आमा बन्न चाहनुहुन्छ भने धूमपान छाड्नुस् ।’
धूमपान गर्ने महिलाहरुमा कृत्रिम गर्भाधान वा टेष्टट्युब प्रविधिबाट समेत बच्चा नहुने खतरा निकै धेरै हुने भन्दै शोधकर्ताहरुले सामान्य अवस्थाबाट गर्भाधारण गरेका महिलाहरुको पेटमा रहेका बच्चामा समेत धूमपानले ठूलो असर पार्ने र त्यसले बच्चा अपांग बन्ने खतरा हुने बताएका छन् । धूमपानका अम्मली महिलाबाट जन्मिने बच्चा कम तौलका हुने, सरीरका विभिन्न भागको विकाश नभएको जस्ता समस्या देखापर्ने शोधकर्ताहरुको भनाइ छ ।

No comments:
Post a Comment