Tuesday, July 10, 2012

बालबालिकाहरूलाई कस्तो व्यवहार गर्ने ??


बालबालिकाहरूसँगको व्यवहारमा हुने गल्ती
 हामीसँग बालबालिकाहरूबाट काम लिने-गराउने अनेकौं विधि छन्। बालबालिकाले भनेको मानेनन् भने उनीहरूलाईर् धम्की दिइन्छ। आफ्नो काम गराउन चकलेट वा आइसक्रिमको लोभ देखाइन्छ। बीच बजारमा कुनै खेलौनाका लागि जिद्दी गरे किनिदिने झूटो वाचा गरेर भए पनि मनाइन्छ। के बालबालिकासँग यस्तो व्यवहार गर्नु उचित हो ?
यस्ता घटना घरमा, वरपर वा परिचितहरूका घरमा पनि देख्न सकिन्छ। जो हरेक पटक बालबालिकाले भनेको मान्दैनन् भनेर गुनासो गर्छन् उनैका नटेर्ने बालबालिकाहरू स्कुलमा धेरै अनुशासित भै भनेको पनि मान्छन्। आखिर किन यस्तो हुन्छ ? बालबालिकाहरू जोसित बढी समय व्यतीत गर्छन्, तिनले नै भनेको कुरा किन उनीहरू मान्दैनन् ? यी आमाबुवाबाट जानेर वा नजानेर हुने कतिपय स-साना गल्तीका परिणाम हुन्। त्यसैले बालबालिकाहरूले आमाबुवाले भनेको मान्दैनन्।

८-१० वर्षका दुई छोराकी आमा मेधावीका शब्दमा विचार गर्ने हो भने धारणा कसरी बदलिन्छ भन्ने थाहा हुन्छ। मेधावी भन्छिन्-जब मेरा छोराहरू जन्मिएकै थिएनन् तब म कल्पना गर्थें- म सर्वश्रेष्ठ आमा साबित हुनेछु, मेरा सन्तानले कहिल्यै झूटो बोल्ने छैनन् तर दुःखको कुरा अहिले मेरा छोराहरू अत्यन्त झूटो बोल्न थालिसकेका छन्। कतिपय अवस्थामा उनीहरू झूटो बोल्दैछन् भनेर थाहा पाउनै सकिँदैन। त्यसपछि म पनि अन्य आमाहरू जस्तै चिच्याउँछु। सम्झाउने-बुझाउने क्रममा धैर्य नरहेपछि कहिलेकाहीँ म हात पनि उठाउँछु। मैले उनीहरूको व्यवहार राम्रोसँग विचार गरेकी छु। उनीहरूका सामु फोनमा कुरा गर्दा म आफै झूटो बोल्छु। म स्वयं साँचो कुरा बोल्दिन भने तिनलाईर् झूटो नबोल्न प्रेरित गर्ने अधिकार पनि आफूसित नभएको अनुभव हुन्छ। पछि मैले आफ्नो व्यवहारमा पनि नियन्त्रण गर्ने निधो गरें र आदेश दिनुको साटो उनीहरूको भावना बुझ्ने प्रयास गरें। त्यसपछि मेरा समस्या धेरै हदसम्म समाधान भए। मेधावीको अनुभवमा बालबालिकाका साथै स्वयं आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउनु जरुरी छ।

मनोचिकित्सकहरूका अनुसार बालबालिका अभिभावकले आफूले भनेको कुरा त्यतिबेला सुन्दैनन् जतिबेला अभिभावक हरेक पटक आफ्नो सुविधाअनुसार बालबालिकाको नियम परिवर्तन गर्छन्। यसो गर्दा बालबालिकासँग कतिखेर कस्तो व्यवहार गर्ने भन्ने थाहा हुँदैन। बालबालिकाका लागि नियम बनाइन्छ भने हरेक परिस्थितिमा त्यो नियमलाईर् कायम राख्नुपर्छ। बालबालिकालाईर् झूटो नबोल्न प्रेरित गरिन्छ तर स्वयं झूटो बोलिन्छ भने उनीहरूले आफ्नो कुरालाईर् गम्भीरतापूर्वक लिँदैनन्।

कतिपय बालबालिका साथी बनाउन सक्दैनन्, कारण उनीहरू साथी कसरी बनाउने भन्ने विषयमा जानकार हुँदैनन्। कतिपय अवस्थामा बालबालिकाहरू आमाबुवाको व्यवहारका कारण पनि खुल्दैनन्। यदि बालबालिका स्कुलमा उपेक्षाको सिकार हुन्छन् भने प्रायः आमाबुवा तिनलाईर् त्यसको बदला लिन प्रेरित गर्छन्। यो गलत मार्गनिर्देशन हो। अभिभावकहरू यसबाट सतर्क हुनुपर्छ। स-साना कुरामा झगडा गरे पनि बालबालिकाहरूलाई सम्झाउनुपर्छ तर आपसी झगडा एक-अर्काको शारीरिक क्षतिको स्थितिमा पुगे आफ्ना बालबालिकालाईर् केही सिकाउनुपूर्व शिक्षकसित सम्पर्क गर्नुपर्छ। यसो गर्दा पनि भएन भने मात्र अभिभावक अग्रसर हुनुपर्छ। पछिल्लो अवस्थामै अभिभावकले पाइला उठाए बालबालिकाले आफूविरुद्ध भएको अन्यायको विरोधमा न्याय खोज्न कहिल्यै सिक्दैनन्् र उनीहरू सधंै आमाबुवामाथि नै निर्भर रहन्छन्। यसका साथै बालबालिकालाईर् साथीहरू कसरी बनाउने, अरूको मन कसरी जित्ने भन्ने कुरा पनि सिकाउनु-बुझाउनुपर्छ। समाजबाट अलग रहने हो भने बालबालिकाहरू अरूसित घुलमिल हुन सक्दैनन्। घरमा आएका पाहुनासित तिनको भेट गराउनुपर्छ, पाहुनासित अभिवादन गर्ने विधिका सम्बन्धमा पनि बुझाउनुपर्छ।

चुनौतीले व्यक्तिलाईर् बाँच्न सिकाउँछ तर दुर्भाग्य अधिकतर आमाबुवा आफ्ना सन्तानलाईर् चुनौतीहरू विरूद्ध लड्न सिकाउँदैनन्। विशेषज्ञहरूका अनुसार परिवारका हरेक समस्या बालबालिकालाईर् बताउन सकिँदैन तर पनि आवश्यकताअनुसार बताउनुपर्छ। परिवारको वास्तविकताका बारेमा उनीहरूलाई पनि जानकारी हुनुपर्छ। यसबाट उनीहरू भविष्यका लागि आफै तयार हुँदै अघि बढ्न सक्छन्।

शिक्षाको महत्वलाईर् नकार्न सकिँदैन। आमाबुवाले यसको महत्व बढी बुझ्छन्, कारण उनीहरूलाईर् त्यसको मूल्य थाहा हुन्छ। कतिपय अवस्थामा शिक्षाको यही चिन्ताले आमाबुवालाईर् आवश्यकताभन्दा बढी कठोर बनाउँछ। बालबालिकाको पछि लागेर तिनलाईर् पढाउन सकिँदैन। जबसम्म उनीहरू मनबाटै अध्ययनप्रति रुचि राख्दैनन् तबसम्म परिणाम राम्रो आउँदैन। डिग्रीको अवसर बढी हुन्छ तर कहिलेकाहीँ डिग्री भएर मात्र हुँदैन। बालबालिकाहरू अनुशासित पनि हुनुपर्छ। डिग्री प्राप्त भएपछि पनि बालबालिकाहरू असभ्य एवं अनुशासनहिन हुने हो भने अपेक्षाकृत उपलब्धि हासिल नहुन सक्छ। सबै आमाबुवा आफ्ना सन्तानले धेरै पढेर आफ्नो नाम एवं इज्जत बढाएको हेर्न चाहन्छन् तर सबै बालबालिका समान किसिमका हुँदैनन्, यसमा पनि ध्यान पुर्‍याउनुपर्छ।

बालबालिकालाईर् सधैं सुरक्षा घेरामा राख्दा पनि उनीहरू आत्मनिर्भर हुन सक्दैनन्। अतिरिक्त हेरचाहले उनीहरूको निर्णय क्षमतालाईर् पनि प्रभावित गर्न सक्छ। त्यसपछि उनीहरू स-साना कुराका लागि पनि आमाबुवामाथि निर्भर हुन थाल्छन्। कतिपय अवस्थामा आमाबुवाबाट बालबालिकाहरूको उचित हेरचाह नभएको हुनसक्छ। त्यस्तो अवस्थामा अभिभावकहरू आफ्ना सन्तानको अनावश्यक हेरचाह गर्न थाल्छन्। उनीहरू आफ्ना सन्तानलाईर् न कहिल्यै एक्लै छोड्छन् न कुनै काम नै गर्न दिन्छन्। यसबाट त्यस्ता बालबालिकामा अनेकौं समस्या उत्पन्न हुन्छन्। बालबालिकाको पालनपोषण एवं सुरक्षा गर्नु अभिभावकको पहिलो कर्तव्य हो तर यसको पनि एउटा निश्चित सीमा हुनुपर्छ। राम्रो लालनपालनमा बालबालिका आत्मनिर्भर हुनु जरुरी छ। बालबालिकाको सम्पूर्ण विकासका लागि उनीहरू हरेक क्षेत्रमा अब्बल रहन सक्नुपर्छ। बालबालिकालाईर् सधैं सहयोगको आवश्यकता हुन्छ तर उनीहरूलाईर् आफू तिनका पछाडि भएको महसुस गराउनुपर्छ त्यसैले उनीहरूमा आफू अघि रहेको अनुभूति पनि कायम राख्नु पनि उत्तिकै जरुरी छ।

 

No comments:

Post a Comment