सिकन्दर महान्को नाम पनि प्रायः हामी सबैले सुनेको हुनुपर्छ । उनी जति कडा मिजासका थिए त्यत्तिकै अनुशासित पनि थिए । ठूलालाई सम्मान र सानालाई स्नेह गर्नुपर्छ भन्ने उनको मान्यता थियो । विश्वविजयी सिकन्दरको पितृभक्ति र मातृभक्तिजस्तै गुरुभक्ति पनि अनुपम थियो । उनी गुरु अरस्तुलाई अति सम्मान गर्दथे । उनले गुरुको आदेशलाई कहिल्यै लत्याएनन् । उनका निम्ति गुरुको आदेश कोसेढुङ्गो सावित हुन्थ्यो । उनले गुरुको आदेश विपरीतको आचरण कहिल्यै गरेनन् । गुरु अरस्तु पनि उनलाई त्यत्तिकै स्नेहभावले हेर्दथे । उनीहरूबीच पितापुत्रको भन्दा पनि घनिष्ट सम्बन्ध थियो ।समय बित्दै गयो, एकदिन गुरुशिष्य पैदल कतै जाँदै थिए । आपसमा वार्तालाप गर्दै अगाडि बड्दै जाँदा एउटा घना जङ्गलको बीचमा पुगे । बाटो साँघुरो थियो । तलमाथि भीर थियो भने अगाडि एउटा गहिरो नाला । नाला नतरी अगाडि बढ्न सकिने बाटै थिएन ।
नालाको गहिराइको एकिन थिएन । एकएक पस्दा जे पनि हुन सक्थ्यो । त्यस्तै परे ज्यानै सक्ने अवस्था पनि आउन सक्थ्यो । गुरु अरस्तुको मनमा सिकन्दरप्रति प्रेम भरिएर आयो र भने- 'बाबु सिकन्दर, म अगाडि जान्छु, तिमी मेरो पछिपछि आऊ । नालाको गहिराइ कति छ थाहा छैन त्यसैले पहिले म यसको मापन गर्न चाहन्छु तर सिकन्दरको विचार अर्कै थियो । उनले गुरुको आज्ञाको वास्तै गरेनन् र फटाफट अगाडि बढेर गुरुभन्दा अगाडि नै नाला तर्ने काम गरे । उनले जीवनमा अहिलेसम्म गुरुको आज्ञा उल्लङ्घन गरेका थिएनन् । यो नै आज्ञा उल्लङ्घनको पहिलो अवसर थियो । शिष्यले आˆनो आज्ञा उल्लङ्घन गरेको देखेर अरस्तुले चित्त दुखाए र त्यसको कारण सोधे । सिकन्दरले विनम्रतापूर्वक उत्तर दिए- 'गुरुदेव, म जान्दछु निःसन्देह यो गुरु आज्ञा उल्लङ्घनको घोर धृष्टता थियो । यसका लागि जस्तोसुकै सजाय भोग्न पनि तयार छु, के गर्ने बाध्य थिएँ । स्वाभाविक हो नालाको गहिराइ थाहा थिएन, जे पनि हुन सक्थ्यो । कदाचित यसैको कारण हजुरको जीवन तलमाथि परेको भए लाखै प्रयास गरे पनि मैले हजुर जस्तो अर्को गुरु पाउन सक्ने थिइन तर मेरो जीवन तलमाथि परे त के फरक पथ्र्यो र । मजस्ता हजारौँ सिकन्दर हजुर आफँै उत्पादन गर्न सक्नुहुन्थ्यो । उनको उत्तर सुनेर अरस्तु अति प्रसन्न भए । उनको हृदयले दयाले अरू भरिएर आयो । एकछिन त बोल्न पनि सकेनन् । त्यसदिनदेखि उनीप्रति अझ बढी स्नेहभाव राख्न थाले । वास्तवमा त्यही नै गुरुभक्तिको परीक्षामा पास हुन्छ जसले आˆनोभन्दा पनि गुरुको जीवनको हेरचाहमा ध्यान दिने गर्दछ ।
यही मानव समाज हो त्यतिबेला आफैँलाई बाजीमा राखेर पनि गुरुको आज्ञा परिपालन गरिन्थ्यो र गुरुले भनेपछि नाइनास्ती गर्ने हिम्मत कसैले गर्दैनथे । गुरुलाई देवतासरह मान्ने परम्परा कायम रहेकोले गुरुको आज्ञा पालन गर्नु परम धर्म ठानिन्थ्यो भने उनको आज्ञा उल्लङ्घन गर्नु घोर पाप मानिन्थ्यो तर दुःखको कुरो आज त्यही मानव समाज गुरुको आज्ञा मात्र होइन गुरुलाई नै अनादर गर्न र त्यस्तै परे कालो मुसो दली आˆनै जुत्ताको माला लगाइदिएर बजार घुमाउन पनि पछि पर्दैन । त्यसैले यस्ता महापुरुषहरूबाट आजको युवा पुस्ताले शिक्षा लिनु नितान्त आवश्यक भइसकेको छ ।
No comments:
Post a Comment